प्रेस विज्ञप्तीहरु
18
Nov 20
आई पि ओ निष्कासनको तयारीमा रहेको सिटिजन लाइफले जीवन बीमा कोषमा १५०% ले वृद्धि गर्दै फेरी पनि व्यवसायमा छलाङ
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/०७८ को पहिलो त्रैमासिक (आश्विन मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १५०% ले वृद्धि गरेको छ । गत आ. व. को आश्विन मसान्तमा कम्पनीको जीवन बीमा कोष रु. ८० करोड ३८ लाख रहेकोमा यस आश्विन मसान्तमा सो रकम २ अर्व ८२ लाख पुगेको छ । यसका साथै कम्पनीले गत आ. व. को आश्विन मसान्तसम्ममा कुल बीमाशुल्क रु. ३३ करोड ९४ लाख संकलन गरेकोमा यस आ. व. को सोही अवधिमा रु. ६२ करोड ८ लाख संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बीमा शुल्क आर्जन ८३% प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा १५०% को वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ४१ करोड ५१ लाखबाट ४२% ले बढाएर ५९ करोड १० लाखको उचाई चुमाएको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ४७ प्रतिशतको वृद्धी गरी रु. १० करोड ९६ लाख पु-याएको छ ।
जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम रु ४ अर्व ५१ करोड मध्ये करिब ८८.३१% रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।
हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सव, नयाँ मस्कट ‘सिटिम्यान’ सार्वजनिक
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रु. ७५ करोड....
सिटिजन लाइफको जीवन बीमा कोषमा १६४% बृद्धि
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “डिजिटल सिटिजन” सेवा शुभारम्भ
काठमाडौंः ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन....
अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिनुहोस
काठमाडौंः ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन....
सिटिजन लाइफका बीमितहरुले आफ्नो विवरण आफै हेर्न मिल्ने
काठमाडौं। ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन....
लकडाउनमा पनि सिटिजन लाइफ इन्स्योरेन्सले हस्तान्तरण गर्यो मृत्यु दावी भुक्तानी
महेन्द्रनगर । लकडाउनको समयमा सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफको जीवन बीमा कोषमा २१२% बृद्धि
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....