बीमालेख खरिद सम्बन्धी प्रकृया

व्यक्तिले बीमा गर्न चाहेको अवस्थामाः
१। सिटिजन लाईफमा आवद्ध बीमा अभिकर्ता मार्फत बीमा योजना खरिद गर्न चाहेमा सो  बारे विस्तृत जानकारी लिएर जीवन बीमा प्रस्ताव फारम भरि सो सित आवश्यक कागजातहरु संलग्न गरि बीमकको कार्यालयमा बुझाउनु पर्नेछ ।
२। कार्यालयमा प्राप्त प्रस्ताव फारम जोखिमाड्ढीद्वारा जोखिम मूल्यांकन गरि बीमा योग्य वा अयोग्य भएको निर्धारण गरी उचित बीमाशुल्क निर्धारण गरिन्छ ।
३। निर्धारित बीमाशुल्क बीमकलाई भुक्तानी गरिए पश्चात् प्रथम बीमाशुल्क रसिद र बीमालेख जारी गरिन्छ । यसरी बीमालेख खरिद गर्न सकिन्छ ।

संस्थाले बीमा गर्न चाहेको अवस्थामाः

क. व्यक्तिगत बीमा तर्फ
१। संस्थाले आफ्ना कर्मचारीहरुको व्यक्तिगत बीमा गर्न चाहेमा बीमा अभिकर्ता मार्फत वा सिधै बीमकको कार्यालयमा सम्पर्क राखी बीमा योजना छनौट गरि प्रत्येक कर्मचारीहरुको छुट्टा छुट्टै जीवन बीमा प्रस्ताव फारम भरि बीमकको कार्यालयमा बुझाउनु पर्नेछ ।
२। कार्यालयमा प्राप्त प्रस्ताव फारम जोखिमाड्ढीद्वारा जोखिम मूल्यांकन गरि बीमा योग्य वा अयोग्य भएको निर्धारण गरी सो को उचित बीमाशुल्क निर्धारण गरिन्छ ।
३। बीमाशुल्क निर्धारण भएपछि संस्थालाई बीमाशुल्क भुक्तानी गर्नको लागि लिखित पत्राचार गरिन्छ ।
४। निर्धारित बीमाशुल्क बीमकलाई भुक्तानी गरिए पश्चात् प्रथम बीमाशुल्क रसिद र बीमालेख जारी गरिन्छ ।

ख. सामूहिक बीमा तर्फ
१। संस्थाले आफ्ना कर्मचारीहरुको सामूहिक बीमा गर्न चाहेमा बीमा अभिकर्ता मार्फत वा सिधै बीमकको कार्यालयमा सम्पर्क राखी बीमा योजना छनौट गरि कर्मचारीहरुको आवश्यक विवरण सहितको पत्र बीमकको कार्यालयमा पठाउनु पर्नेछ ।
२। उक्त विवरणहरुको आधारमा जोखिमाड्ढीद्वारा जोखिम मूल्यांकन गरि बीमा योग्य वा अयोग्य भएको निर्धारण गरी सो को उचित बीमाशुल्क निर्धारण गरिन्छ ।
३। बीमाशुल्क निर्धारण भएपछि संस्थालाई बीमाशुल्क भुक्तानी गर्नको लागि लिखित पत्राचार गरिन्छ ।
४। निर्धारित बीमाशुल्क प्राप्त भए पश्चात् प्रथम बीमाशुल्क रसिद र बीमालेख (Master Policy) कम्पनीको नाममा जारी गरिन्छ ।