सिटिजन लाइफ इन्स्योरेन्सको बीमा एजेन्ट बन्नुका फाइदाहरू

 

१. महत्वपूर्ण तथा अर्थपूर्ण काम

बीमा एजेन्ट बनेर तपाईंले विभिन्न व्यक्ति तथा परिवारहरूको सेवा गर्न सक्नुहुनेछ । उहाँहरुलाई आवश्यक बीमा योजनाहरु उपलब्ध गराई, आर्थिक सुरक्षा प्रदान गर्न सक्नुहुनेछ । यति मात्र होइन, बिमा कम्पनीहरूले एजेन्टद्वारा उत्पादन गरिएको आर्थिक स्रोतलाई विभिन्न क्षेत्रमा लगानी गरी देशको विकासमा योगदान पु¥याउन सहयोग गर्दछन् । तसर्थ, एजेन्टहरूले गर्नेे काम धेरै महत्वपूर्ण छ ।

२. उच्चतम आयस्रोत

विश्वभर उच्चतम आयस्रोत हुने रोजगारी मध्य एक एजेन्ट पनि हो । सिटिजनको एजेन्ट बनेर कम्पनिमा बीमाशुल्क ल्याए पछि तपाईंले निर्धारित निश्चित रकम कमिशन स्वरुप पाउनुहुनेछ । एजेन्टहरूले कम्पनीमा ल्याउने बीमाशुल्कले वर्तमान आय मात्र सुरक्षित नगरी भविष्यमा हुने आयस्रोतको पनि ग्यारेण्टी प्रदान गर्दछ । एजेन्ट स्वयं आफैले पनि आफ्नो लागि आमदानीको लक्ष्य राख्न सक्नेछन् र आफ्नो आमदानीको लक्ष्य अनुसार कम्पनीमा बीमाशुल्क ल्याउने प्रयास गर्न सक्नेछन् ।

३. करियरको रूपमा एजेन्सी

तोकिएको काम र क्षमताको आधारमा तपाईं आफ्नो करियर यस क्षेत्रमा अगाडि बढाउन सक्नुहुनेछ । कम्पनीले त्यस्ता एजेन्टहरूको विकास तथा पदोन्नती गरी उनीहरूको करियर बृद्धिका लागि थप प्रशिक्षण समेत प्रदान गर्नेछ ।

४. रोजगारीको स्वतन्त्रता र सुरक्षा

एजेन्ट बनेर तपाईं एक सच्चा उद्यमी बन्न सक्नुहुनेछ । आफ्नो तालिका अनुसार काम गरी, चाहेकोे जस्तो काम गरी, आफ्नो ग्राहक आफैंले छनौट गरी र आफ्नो आम्दानीको लक्ष्य आफैंले तय गरी तपाईं आफ्नो हाकिम आफैं बन्न सक्नुहुनेछ । यति मात्र नभई, तपाईं नेपालको कुनै पनि ठाउँबाट काम गर्न सक्नुहुनेछ । हामी तपाईंलाई पूर्णकालिनरुपमा कम्पनीको साथ आफ्नो करियर विकास गर्न सदैव प्रोत्साहित गर्छौं तर यदि तपाईंको अन्य प्राथमिकता भए तपाईं आफ्नो फुर्सदको समयमा पनि कम्पनीसँग सम्बन्धित भई आफ्नो करियर विकास गर्न सक्नुहुनेछ ।

५. अन्य फाइदाहरू

  • सिटिजन कर्पोरेट क्लब सदस्यता (ब्रोन्ज , सिल्वर , गोल्ड , डाइमन्ड एन्ड प्ल्याटिनम )
  • समृद्धि स्टार क्लब फाइदाहरु (१ स्टार क्लब, २ स्टार क्लब, ३ स्टार क्लब, ४ स्टार क्लब र ५ स्टार क्लब)
  • सवारी साधन कर्जा सुविधा
  • करियर विकास र पदोन्नती
  • अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण अवसरहरू
  • प्रतियोगिता, पुरस्कार र अन्य सुविधाहरु (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टूर प्याकेजहरू)