Media Detail 01 Sep 26

सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख सहयोग

चीनको तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढी तथा प्राकृतिक विपदका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ। विपदका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, सम्पर्कविहीन रहेका व्यक्तिहरू सकुशल भेटिन सकून् भन्ने कामना गर्दै उहाँहरूका परिवारजनप्रति कम्पनीले विशेष सहानुभूति व्यक्त गरेको छ।

विपदका कारण प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ। सो सहयोग रकममा सिटिजन लाइफका सिटिजन लिडर्सहरूको तर्फबाट रु. १८ लाख ६७ हजार, कर्मचारीहरूको तर्फबाट रु. २१ लाख ३३ हजार योगदान रहेको छ।

उक्त सहयोग रकम सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष श्री प्रदीप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव श्री दिप बहादुर बि. सी. ले नेपाल सरकारका माननीय अर्थमन्त्री श्री स्वर्णिम वाग्ले लाई हस्तान्तरण गर्नुभएको हो।

सिटिजन लाइफले विपदको यस कठिन घडीमा “हामी सबै एकसाथ छौँ” भन्ने भावनाका साथ उद्धार तथा राहत कार्यमा खटिनुभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह, स्वयंसेवक तथा सम्पूर्ण उद्धारकर्मीहरूप्रति सम्मान व्यक्त गरेको छ। साथै, प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनामा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने जनाएको छ।

प्रभावित बीमित तथा परिवारजनको अवस्था बुझ्न विशेष पहल

विपद्का कारण प्रभावित हुनुभएका आफ्ना बीमित तथा उहाँहरूका परिवारजनको अवस्थाबारे जानकारी लिन कम्पनीले प्रभावित क्षेत्रका सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरूलाई आवश्यक निर्देशन दिइसकेको छ। प्रभावित बीमित वा उहाँहरूका परिवारमा बीमा दाबीसम्बन्धी आवश्यकता देखिएमा आवश्यक समन्वय गरी दाबी प्रक्रिया सहज, छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक सहजीकरण गर्न निर्देशन दिइसकेको छ।

आवश्यक जानकारी तथा सहजीकरणका लागि सम्पर्क

प्रधान कार्यालय
☎️ ०१-५९७०२१७
एक्स्टेन्सन: २३१, २०४
नुवाकोट शाखा
📱 ९८५१२२७९१५
☎️ ०१०-५६१९७४ / ९७५
धादिङ शाखा
📱 ९८५११६०४१०
☎️ ०१०-५२०४१०
क्षेत्रीय प्रबन्धक
📱 ९८५१२४६९८२
27 May 26

सिटिजन लाइफद्वारा NFRS 17 का लागि KPMG India परामर्शदाता नियुक्त

नेपाल लेखामान बोर्डद्वारा जारी भई नेपाल चार्टर्ड....

22 Apr 26

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि....

16 Apr 26

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय....

20 Feb 26

सिटिजन लाइफको MDRT 2026 कार्यक्रम पोखरामा सम्पन्न

सिटिजन लाइफले MDRT 2026 (Million Dollar Round Table) सम्मान तथा प्रशिक्षण....

18 Feb 26

सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम सम्पन्न

नेपालको बीमा उद्योगमै पहिलो पटक, Citizen Life Insurance ले “Citizen Leader Discourse”....

02 Jan 26

सिटिजन लाइफको नवौं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीको खातामा सोही दिन लाभांश वितरण

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०८२ साल, पौष....

12 Nov 25

सिटिजन लाइफदको Award Ceremony and Skill Enhancement कार्यक्रम सम्पन्न

सिटिजन लाइफले पूर्व, मध्य–पश्चिम र काठमाडौँ उपत्यकाका....