Media Detail 02 Jan 26

सिटिजन लाइफको नवौं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीको खातामा सोही दिन लाभांश वितरण

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०८२ साल, पौष १८ गते आफ्नो नवौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरी सोही दिन लाभांश वितरण गरेको छ।

सभामा अध्यक्षको मन्तव्यसहित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गरिएको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित सो अवधिको वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू समेत स्वीकृत गरिएको छ।

त्यसैगरी, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षण समितिको सिफारिस अनुसार बाह्य लेखापरीक्षक नियुक्त गर्न पारित गरिएको छ। वर्तमान लेखापरीक्षक श्री एसएआर एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरिएको छ।

सभामा बीमा ऐन, २०७९ अनुसार स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी प्रस्तुत गर्नुका साथै सञ्चालक समिति सदस्यहरूको सेवा–सुविधा, कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरू समेत अनुमोदन गरिएको छ।

सिटिजन लाइफ इन्स्योरेन्सले समयमै साधारण सभा सम्पन्न गरी लाभांश वितरणसमेत गरेर शेयरधनीप्रतिको पारदर्शिता र उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

12 Nov 25

सिटिजन लाइफदको Award Ceremony and Skill Enhancement कार्यक्रम सम्पन्न

सिटिजन लाइफले पूर्व, मध्य–पश्चिम र काठमाडौँ उपत्यकाका....

25 Feb 25

सिटिजन लाइफ “कर्पोरेट एक्सिलेन्स अवार्ड” बाट सम्मानित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई HRM नेपालद्वारा....

23 Feb 25

सिटिजन लाइफ इन्स्योरेन्सको MDRT 2025 सम्मान कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिनको MDRT 2025 (Million Dollar....