Media Detail

सिटिजन बचत वृद्धि योजना

सिटिजन बचत वृद्धि योजना एक युनिभर्सल जीवन बीमा योजना हो जसले भविष्यको लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्नुका साथै मानवलाई आइपर्ने आर्थीक क्षतीबाट बीमितलाई सुरक्षा प्रदान गरी परिवारको आर्थिक भविष्य पनि सुरक्षित गर्दछ । यो एक प्रकारको स्थायी जीवन बीमा योजना हो जसमा जबसम्म बीमाशुल्क भुक्तानी हुन्छ तबसम्म बीमालेखले दिने सुरक्षा कायम रहन्छ । बीमा योजनाहरूले प्रदान गर्ने अतिरिक्त बचत र भविष्य-केन्द्रित लाभहरू चाहने व्यक्तिहरूको लागि यस सिटिजन बचत वृद्धि योजना एक उत्कृष्ट विकल्प हो ।

यस योजनामा बीमाशुल्क भुक्तानी गरे वापत यस योजनाको शर्त तथा बन्देजको अधिनमा जुन घटना घटेमा भुक्तानी दिने भनिएको हो सो घटना घटेमा बीमाङ्क रकम वा अकाउन्ट भ्यालु बीमितलाई भुक्तानी गरिन्छ । बीमाङ्क रकम भन्नाले बीमालेख अन्तर्गत बीमितको मृत्यु लाभ निर्धारण गर्नका लागि बीमालेखको अनुसूचीमा उल्लेखित बीमाको रकमलाई बुझिन्छ । अकाउन्ट भ्यालु भन्नाले बीमाशुल्कबाट बीमा रक्षावरण शुल्क, प्रशासनिक खर्चहरु र बीमाशुल्कसंग सम्बन्धित खर्चहरु (यदि भएमा) घटाई, लगानी आय र लोयल्टी रिवार्डलाई जोडी आउने संचित रकम भनेर बुझिन्छ ।

बीमा योजनाका विशेषताहरु:

प्रवेश उमेर १८ वर्ष देखि ५५ वर्ष सम्म
बीमा अवधि १० वर्ष देखी २० वर्ष  सम्म
न्यूनतम बीमाशुल्क नियमित भुक्तानीको हकमा: रु. १२,०००/-
एकल भुक्तानीको हकमा: रु. ३०,०००/-
अधिकतम बीमाशुल्क बीमितको आयको आधारमा कम्पनीको जोखिमाङ्कन नीति अनुसार
न्यूनतम बीमाङ्क रकम नियमित भुक्तानी को हकमा: रु. १२०,०००/-
एकल भुक्तानीको हकमा: रु. ३७,५००/-
अधिकतम बीमाङ्क रकम बीमितको आयको आधारमा कम्पनीको जोखिमाङ्कन नीति अनुसार
बीमाशुल्क भुक्तानी अवधि एकल अथवा बीमा अवधि बराबर
बीमालेख परिपक्व बखत अधिकतम उमेर ७० वर्ष
बीमाशुल्क भुक्तानी तरिका एकल, वार्षिक, अर्धवार्षिक, त्रैमासिक

लाभ भुक्तानी दिइने अवस्था

  • बीमा समाप्ती मितिसम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही उक्त मितिसम्म जम्मा भएको अकाउन्ट भ्यालुमा रहेको रकम भुक्तानी दिइनेछ ।
  • बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क रकम वा बीमितको मृत्यु भएको दिनको अकाउन्ट भ्यालु मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी दिइनेछ ।
  • बीमा समाप्ती मिति सम्म बीमित जीवित रहेमा र बीमा अवधिभर सम्पूर्ण नवीकरण बीमाशुल्क नियमित मितिमा भुक्तानी गरेको अवस्थामा बीमा समाप्ती मितिमा पछिल्लो ६० महिनाको औषत अकाउन्ट भ्यालुको ३ (तीन) प्रतिशतले हुने रकम लोयल्टी रिवार्ड वापत प्रदान गरिनेछ ।

यस बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा बीमालेख ऋण, सो ले आर्जन गरेको ब्याज (कुनै भए) र कुनै बक्यौता रकम भए सो रकम घटाई बांकी रकम भुक्तानी दिइनेछ ।

भुक्तानी  पाउने व्यक्ति

जीवित भए बीमित स्वयं सो नभए बीमितले इच्छाएको व्यत्ति वा इच्छाएको व्यत्ति नभए वा इच्छाएको व्यत्ति समेत जीवित नभए बीमा ऐन, २०७९ को दफा १२७ (२) बमोजिम बीमितको हकवाला यस बीमालेख अन्तर्गत भुक्तानी पाउने व्यक्ति  हुनेछ । तर यस बीमालेख उपर कानूनी अधिकार भएको प्रमाणित गर्न सक्ने अन्य कुनै व्यत्ति वा संस्था रहेको अवस्थामा निजले यस बीमालेख अन्तर्गत प्राप्त हुने सुविधाको अधिनमा रही आफ्‌नो अधिकार सम्मको रकम भुक्तानी पाउनेछ ।

बीमाशुल्क भुक्तानी

  • एकल बीमाशुल्क भुक्तानी योजना अन्तर्गत सम्पूर्ण बीमा अवधिको बीमाशुल्क बीमा प्रारम्भ मितिमा एकमुष्ठ भुक्तानी गर्नुपर्नेछ ।
  • एकल बीमाशुल्क बाहेक अन्य बीमाशुल्क भुक्तानी योजनाहरुमा देहाय बमोजिम हुनेछः
    • बीमाशुल्क रकम वार्षिक/अर्धवार्षिक/त्रैमासिक किस्ताबन्दीमा भुक्तानी गर्नुपर्नेछ ।
    • पहिलो किस्ता भुक्तानी बीमा प्रारम्भ मितिमा गर्नुपर्नेछ ।
    • नवीकरण बीमाशुल्क प्रत्येक नवीकरण बीमाशुल्क भुक्तानी मितिहरुमा गर्नुपर्नेछ ।
    • बीमाशुल्कको अन्तिम किस्ता भुक्तानी गर्नुपर्ने मिति वा बीमितको मृत्यु भन्दा अघिल्लो आखिरी बीमाशुल्क भुक्तानी गर्नुपर्ने मिति मध्ये जुन घटना पहिला घट्‌छ, सो दिन बीमाशुल्कको आखिरी किस्ता भुक्तानी मिति हुनेछ ।
  • प्रत्येक महिना अकाउन्ट भ्यालुबाट बीमा रक्षावरण शुल्क कट्टा गरी बीमितको जोखिम बहन गरिनेछ । बीमा रक्षावरण शुल्क कट्टा गरे पश्चात्‌ अकाउन्ट भ्यालुको रकम घट्‌दै जानेछ । यदि अकाउन्ट भ्यालुमा बीमा रक्षावरण शुल्क कट्टा गर्न रकम पर्याप्त नभएमा बीमालेख स्वतः खारेज हुनेछ ।
  • नवीकरण बीमाशुल्क भुक्तानी गर्न बांकी रहेको अवस्थामा बीमाशुल्क भुक्तानी गर्दा बांकी रहेको सम्पूर्ण अवधिको बीमाशुल्क एकमुष्ठ भुक्तानी गर्नु पर्नेछ । उक्त नवीकरण बीमाशुल्कले सो भुक्तानी गरेको मिति देखि मात्र लगानी आय (ब्याज) आर्जन गर्नेछ । विलम्ब शुल्क लागू हुने छैन ।
  • अर्ध-वार्षिक वा त्रैमासिक तरिकाले बीमाशुल्क भुक्तानी गरिनेमा सो वर्षको सबै बीमाशुल्क भुक्तानी नहुंदै बीमितको मृत्यु भएको खण्डमा त्यस वर्षको निमित्त बांकी बीमाशुल्क यस बीमालेख अन्तर्गतको लाभ भुक्तानी गर्दा कट्टा गरिने छैन ।

बीमालेख कर्जा

बीमालेख उपर कानूनी स्वामित्व भएको सन्तोषजनक प्रमाण पेश गरेको खण्डमा समर्पण मूल्य भएको बीमालेखको धितोमा कुनै पनि समयमा बीमकबाट कर्जा प्राप्त गर्न सकिनेछ । कर्जा रकम बढीमा समर्पण मूल्यको ९० प्रतिशत सम्म र घटीमा रु. १,००० सम्म हुनेछ । कुनै पनि समय कर्जा फिर्ता गर्न सकिनेछ ।

बीमकले समय समयमा निर्धारण गरे बमोजिमको दरले बीमालेख कर्जामा ब्याज लगाइनेछ ।

कुनै पनि अवस्थामा कर्जा रकम र तिर्न बांकी ब्याज समर्पण मूल्य भन्दा बढी भएमा बीमालेख जफत गरी कर्जा रकम तथा तिर्न बांकी ब्याज असुल उपर गरिनेछ ।

समर्पण मूल्य

बीमाशुल्क रकम वार्षिक/अर्धवार्षिक/त्रैमासिक किस्ताबन्दीमा भुक्तानी गरिने बीमालेखको हकमा पूरा तीन वर्षको बीमाशुल्क भुक्तानी भई बीमा प्रारम्भ मितिबाट तीन वर्ष अवधि पूरा भए पश्चात्‌ तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा बीमा प्रारम्भ मितिबाट तीन वर्ष अवधि पूरा भए पश्चात्‌ बीमालेखको समर्पण मूल्य प्राप्त हुनेछ ।

दुर्घटनाबाट मृत्यु वा स्थायी पूर्ण अशक्तता वा स्थायी आंशिक अशक्तता भएमा थप लाभ:

बीमालेख लागू मिति पछि यस खण्डमा लागू हुने शर्त, अवस्था र अपवादहरुका अधिनमा रहि बीमितको दुर्घटनाबाट मृत्यु वा स्थायी पूर्ण अशक्तता वा स्थायी आंशिक अशक्तता भएमा बीमकले निम्नानुसारको लाभ भुक्तानी गर्नेछ ।

  • दुर्घटनाबाट मृत्यु भएमाः

दुर्घटनाको घाउचोटको परिणाम स्वरुप दुर्घटना भएको मितिले १८३ (एक सय त्रियासी) दिन भित्र बीमितको मृत्यु भएमा दुर्घटनाको बीमाङ्क रकम, र बीमाङ्क रकम वा बीमितको मृत्यु भएको दिनको अकाउन्ट भ्यालु  जुन बढी हुन्छ सो रकम भुक्तानी दिइनेछ ।

  • स्थायी पूर्ण अशक्तता भएमाः

दुर्घटनाको घाउचोटको परिणाम स्वरुप दुर्घटना भएको मितिबाट ३६५ (तीन सय पैसठ्ठी) दिन भित्र बीमित स्थायी पूर्ण अशक्तता रहेको अवस्थामा वा देहाय बमोजिम स्थायी पूर्ण अशक्तता भएमा स्थायी पूर्ण अशक्तता अन्तर्गतको बीमाङ्क रकम र अकाउन्ट भ्यालु भुक्तानी दिइनेछ । सो पश्चात्‌ यस बीमालेखमा कुनै रक्षावरण हुने छैन ।

स्थायी पूर्ण अशक्तता एकिन नहुने अवस्थामा सो अशक्तता दुर्घटना घटेको मितिबाट लगातार ३६५ (तीन सय पैसठ्ठी) दिन सम्म कायमै रहेमा निज सधैंका लागि स्थायी पूर्ण अशक्त भएको मानिने छ ।

दुवै आंखाको दृष्टि पूर्ण रुपले गुमेमा बीमाङ्क रकम
नाडी वा सो भन्दा माथि दुवै हात काटिएमा बीमाङ्क रकम
गोलीगांठो वा सो भन्दा माथि दुवै गोडा काटिएमा बीमाङ्क रकम
नाडी वा सो भन्दा माथि देखि एउटा हात र गोलीगांठो वा सो भन्दा माथि देखि एउटा गोडा काटिएमा बीमाङ्क रकम
एउटा आंखाको दृष्टि पूर्ण रुपले गुमेमा र नाडी वा सो भन्दा माथि देखि एउटा हात काटिएमा बीमाङ्क रकम
एउटा आंखाको दृष्टि पूर्ण रुपले गुमेमा र गोलीगांठो वा सो भन्दा माथि देखि एउटा गोडा काटिएमा बीमाङ्क रकम

स्थायी पूर्ण अशक्तता अन्तर्गत उल्लेखित क्षतिहरु मध्ये एक भन्दा बढी क्षति भएमा दिईने लाभ प्रत्येक क्षतिको लागि उल्लेखित लाभहरुको योगफल कुल बीमाङ्क रकम भन्दा बढी हुने छैन ।

  • स्थायी आंशिक अशक्तता भएमाः

दुर्घटनाको घाउचोटको परिणाम स्वरुप दुर्घटना घटेको मिति देखि १२० (एक सय बीस) दिन सम्म बीमित आंशिक रुपले अशक्त रहेको अवस्थामा बीमाङ्क रकमको देहाय बमोजिमको निश्चित प्रतिशत रकम भुक्तानी दिइनेछ ।

त्र.सं अशक्तताको किसिम बीमाङ्कको प्रतिशत
१. एउटा आंखाको दृष्टि पूर्ण रुपले गुमेमा ४०%
२. एउटा कानको श्रवण शत्ति पूर्ण रुपले गुमेमा ३०%
३. नाडी वा सो भन्दा माथि कुनै एउटा हात काटिएमा ५०%
४. हातको बुढी औंलाको पूर्ण रुपले क्षति भएमा १५%
५. पूर्ण रुपले हातको चोर औंलाको अंगच्छेद १०%
६. हातको बुढी औंला सहित चार वटा औंलाहरुको अंगच्छेद ४०%
७. हातको बुढी औंला बाहेक चार वटा औंलाहरुको अंगच्छेद ३५%
८. हातको बीच औंलाको अंगच्छेद ८%
९. हातको बुढी औंला, चोर औंला, बीच औंला बाहेक अरु औंलाको अंगच्छेद ३%
१०. तिघ्रादेखि अंगच्छेपूर्ण रुपले खुट्टाको क्षति ५०%
११. पूर्ण रुपले खुट्टाको क्षति (Tibio-Tarsal Disarticulation) ४५%
१२. आंशिक रुपले खुट्टाको क्षति (Sub-Anklebone Disarticulation) ४०%
१३. आंशिक रुपले खुट्टाको क्षति (Medio- Tarsal Disarticulation) ३५%
१४. आंशिक रुपले खुट्टाको क्षति (Tarso- Metatarsal Disarticulation) ३०%
१५. पूर्ण रुपले सबै खुट्टाको औंलाको अंगच्छेद भएमा २५%
१६. खुट्टाको ठूलो औंला सहित चार वटा औंलाको अंगच्छेद भएमा २०%
१७. खुट्टाको चार वटा औंलाको अंगच्छेद भएमा १०%
१८. खुट्टाको दुई वटा औंलाको अंगच्छेद भएमा ५%
१९. खुट्टाको ठूलो औंला बाहेक एउटा औंलाको अंगच्छेद भएमा ३%

स्थायी आंशिक अशक्तता भए पश्चात्‌ दुर्घटना मृत्यु लाभ र स्थायी पूर्ण अशक्तता लाभ अन्तर्गतको रक्षावरण समाप्त हुनेछ र बीमालेख रक्षावरण चालु अवस्थामा राख्नको लागि बीमित स्वयमले बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ । आधरभूत बीमा रक्षावरणको बीमाशुल्क मात्र मासिक रुपमा अकाउन्ट भ्यालुबाट कट्टा गरिनेछ र दुर्घटनाका कारण हुने मृत्यु, स्थायी पूर्ण अशक्तता र स्थायी आंशिक अशक्तता वापतको बीमा रक्षावरण शुल्क मासिक रुपमा अकाउन्ट भ्यालुबाट कट्टा गरिने छैन ।

स्थायी आंशिक अशक्तता अन्तर्गत उल्लेखित क्षतिहरु मध्ये एक भन्दा बढी क्षति भएमा दिईने लाभ प्रत्येक क्षतिको लागि उल्लेखित लाभहरुको कुल योगफल बीमाङ्क रकमको ५०% (पचास प्रतिशत) भन्दा बढी हुनेछैन ।

बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु

यदि बीमितको मृत्यु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित जुनसुकै कारणबाट भएपनि बीमालेख अर्न्तगत भुक्तानी गरिने रकम अनुसूचीमा उल्लेख गरेको बीमाङ्क बमोजिम नभई बीमितको मृत्यु  भएको दिनको अकाउन्ट भ्यालुमा सिमित हुनेछ ।

  • मान्यता प्राप्त हवाई सेवाप्रदायकद्वारा सञ्चालित हवाई सेवामा यात्रु भई उडान गर्दा बाहेक अन्य उडान गर्दा ।
  • कानूनको वर्खिलाप हुने गरी कुनै घोषित वा अघोषित युद्ध फौजदारी वा आतङ्कवादी गतिविधि, हडताल, हुलदंगा, नागरिक अशान्ति, हुलहुज्जत, विद्रोह वा आत्रमण जस्ता कार्यमा संलग्न भएमा ।
  • ज्यान मार्ने कार्य, नागरिक वा जंगी ऐन भंग वा उल्लंघन गरेमा ।
  • सद्दे वा मगज बिग्रेको अवस्थामा कुनै पनि कारणबाट बीमा प्रारम्भ वा बीमा पुनर्जागरण भएकोमा पुनर्जागरण भएको मितिले दुई वर्षभित्र आत्महत्या वा जानी बुभी आफैले घात गरेमा ।
  • प्रारम्भ मिति भन्दा अगाडि देखि विद्यमान रहेको र बीमा प्रस्ताव गर्दाको वखतमा उल्लेख नगरेको रोगको कारणबाट, पूर्व विद्यमान अवस्थाहरु ।

यसका साथै देहायको अवस्थामा बीमितको दुर्घटनाबाट मृत्यु वा स्थायी पूर्ण अशत्तता वा स्थायी आंशिक अशत्तता भएमा बीमालेख अर्न्तगत भुत्तानी गरिने रकम अनुसूचीमा उल्लेख गरेको बीमाङ्क बमोजिम नभई बीमितको मृत्यु भएको दिनको अकाउन्ट भ्यालुमा सिमित हुनेछः

  • व्यवसायिक वा अर्ध (व्यवसायिक खेलकुद प्रतियोगिता वा प्रतिस्पर्धाहरु, दौडहरु, स्काई डाइभिङ, वाटर स्किईङ्ग, स्वासप्रस्वास सम्बन्धी उपकरणको सहायतामा पानीमुनि गरिने विभिन्न गतिविधि वा त्रियाकलाप, पट होल्डिङ्ग (Pot Holding), पवर्तारोहण (Trekking), प्याराग्लाइडिङ्ग (Paragliding), बन्जी जम्पिङ्ग (Bungee Jumping), प्यारासुटिङ्ग (Parachuting) जस्ता जोखिमपूर्ण खेलकुदहरुमा सहभागी भएमा र गैह्र कानुनी गतिविधिमा संलग्न भएमा ।
  • कुनै रासायनिक/ आयनकारी विकिरण (Ionizing Radiation), वा रेडियोएक्‌टिभिटि (Radioactivity) का कारण आणविक इन्धनबाट श्रृजित प्रदुषण वा आणविक विखण्डनको प्रत्रियाबाट श्रृजित आणविक फोहोर वा आणविक हातहतियार वा सामग्रीका कारण मृत्यु भएमा ।

उपरोत्त जोखिमहरु बाहेक यस बीमालेखले विदेशमा यात्रा वा पेशा गर्न कुनै बाधा पुऱ्याउने छैन ।

Maturity Value Illustration based on Regular Payment of Annual Premium NRs. 120,000

*द्रस्टव्य: यसमा उल्लेखित विवरण्हरु ग्राहकलाई जानकारी दिने उधेश्यले राखिएका हुन । यसमा उल्लेखित विवरणहरु बीमालेखका शर्त तथा सुविधासँग बाझिएमा बीमालेख बमोजिम हुनेछ ।

बन्द गरिएका बीमा योजनाहरु

Citizen Regular Pay Endowment Insurance Plan सिटिजन सावधिक....

सिटिजन बाल भविष्य योजना प्लस

यस योजनाले अभिभावकलाई आफ्नो....

सिटिजन सामूहिक म्यादी बीमा योजना

सिटिजन सामूहिक म्यादी बीमा योजना एक....

सिटिजन सामूहिक म्यादी जीवन बीमा योजना

सिटिजन सामूहिक म्यादी जीवन बीमा....

सिटिजन घातक रोग सुरक्षा सुविधा

समयसँगै हाम्रो बदलिँदो खान पान,....

सिटिजन शुभारम्भ बीमा योजना

सिटिजन शुभारम्भ जीवन बीमा योजनामा....

सिटिजन अग्रीम भुक्तानी बीमा योजना

सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....

वैदेशिक रोजगार म्यादी जीवन बीमा

वैदेशिक रोजगारको लागि विदेश जाने....

सिटिजन अग्रिम भुक्तानी बीमा योजना

सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....

सिटिजन जीवन सारथी योजना

सावधिक, अग्रीम भुक्तानी तथा आजीवन....

सिटिजन बाल भविष्य योजना प्लस

यस योजनाले अभिभावकलाई आफ्नो....