Media Detail

सिटिजन वार्षिक अग्रिम भुक्तानी बीमा योजना

ग्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम योजनाहरु पस्किन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले यही क्रमलाई निरन्तरता दिदैँ सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना नामक नयाँ बीमा योजना प्रस्तुत गरेको छ । बीमितहरुको जोखिम बहन गर्नका साथै भावी योजनाहरुलाई सार्थक बनाउन यस बीमा योजनाद्वारा कम बीमाशुल्कमै धेरै रकम बराबरको जोखिम बहन गर्न सकिन्छ । यस बीमा योजनामा ग्राहकद्वारा एकल बीमाशुल्क भुक्तानी तरिका प्रयोग गर्दा बीमा प्रारम्भ मितिले प्रत्येक वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ प्रतिशत रकम भुक्तानी गरिन्छ । यस विशेषताद्वारा ग्राहकहरुले वित्तीय आवश्यकताहरु पुरा गरी निर्धक्क साथ जीवनयापन गर्न र भैपरी आउने आर्थिक समस्याहरुमा सरल तरिकाबाट टेवा पुग्द्छ । यसका साथै यस योजनाले बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा उपभोग गरिरहेका ग्राहकवर्ग तथा निरन्तर पैसा लगानी गरिराख्ने व्यवसायीहरुलाई समेत आफ्नो नगद प्रवाह व्यवस्थापन गर्न सहयोग गर्दछ । साथै एकल बाहेक अन्य बीमाशुल्क भुक्तानी तरिका प्रयोग गर्दा प्रत्येक वार्षिकोत्सव मितिमा भुक्तानी गरिने बीमाङ्कको ५ प्रतिशत रकम सो वर्ष भुक्तानी गर्नुपर्ने नवीकरण शुल्कमा समायोजन गर्ने व्यवस्था गरिएको छ जस्ले गर्दा ग्राहकहरुलाई जोखिम बहन गर्नका साथै बीमा योजना अनुसारको आफ्नो बीमाशुल्क भुक्तानीको भार व्यवस्थापन गर्न समेत सरल र सहज गराउँदछ ।

बीमा योजनाका विशेषताहरुः
न्यूनतम प्रवेश उमेर …………………………………………………………..:  १८ वर्ष
अधिकतम प्रवेश उमेर ……………………………………………………….: ६५ वर्ष
अधिकतम बीमा समाप्ति उमेर ……………………………………………..: ७० वर्ष
न्यूनतम बीमा अवधि ………………………………………………………….: ५ वर्ष
अधिकतम बीमा अवधि ………………………………………………………: २० वर्ष
अधिकतम बीमाङ्क रकम……………………………………………………..: बीमितको आयको आधारमा कम्पनीको जोखिमाङ्कन नीति अनुसार
बीमाशुल्क भुक्तानी तरिका…………………………………………………..: वार्षिक, अर्धवार्षिक, त्रैमासिक, एकल

बीमाङ्क रकम भुक्तानी दिइने अवस्था:

१. बीमा अवधि सम्म बीमित जीवित रहेमा यस बीमालेखको शर्तहरुको अधिनमा रही देहाय बमोजिम भुक्तानी दिइने छ ।
(क) एकल बीमाशूल्क भूक्तानी योजना अन्तर्गत बीमा प्रारम्भ मितिले प्रत्येक वार्षिकोत्सव मितिमा बीमाड्ढको छ प्रतिशत रकम भुक्तानी दिनेछ ।
(ख) एकल बाहेक अन्य बीमाशुल्क भुक्तानी तरिका प्रयोग गर्दा बीमा प्रारम्भ मितिले प्रत्येक प्रत्येक वार्षिकोत्सव मितिमा भुक्तानी गरिने बीमाङ्कको ५ प्रतिशत रकम सो वर्ष भुक्तानी गर्नुपर्ने नवीकरण शुल्कमा समायोजन गर्ने व्यवस्था गरिने छ ।
(ग) बीमा समाप्ती मितिमा बीमाड्ढ रकमबाट प्रत्येक वर्ष अग्रीम भुक्तानी भएको वा बीमाशुल्कमा समायोजन गरिएको रकम कट्टा गरी बांकी रहेको बीमान्क र नियमानुसारको बोनस रकम भुक्तानी दिइने छ ।
२. बीमा समाप्ती मिति अगावै बीमितको मृत्यु भएमा यस बीमालेखको शर्तहरुको अधिनमा रही पुरै बीमान्क तथा नियमानुसारको बोनस रकम भुक्तानी दिइनेछ ।

ऐच्छिक सुविधाहरु:
यस बीमा योजनामा थप बीमाशुल्क भुक्तानी गरी देहाय बमोजिमका ऐच्छिक सुविधाहरु पनि लिन सकिन्छ:

  • दुर्घटना मृत्यु लाभ
  • स्थायी पूर्ण अशक्तता लाभ
  • बीमाशुल्क छुट लाभ
  • मासिक आय लाभ
  • घातक रोग सुरक्षा सुविधा
  • काजक्रिया खर्च सुविधा

अतिरिक्त सुविधा तथा लाभहरु: 
(क) दुई वर्षको बीमाशुल्क भुक्तानी भए पश्चात बीमालेख कर्जा लिन सकिने ।
(ख) दुई वर्षको बीमाशुल्क भुक्तानी पश्चात स्वतः बीमाशुल्क ऋण सुविधा छनौट गरेको अवस्थामा कथमकदाचित बीमाशुल्क भुक्तानी नभएपनि निश्चित अवधिसम्म जोखिम बहन भईरहने ।

सिटिजन सामूहिक म्यादी बीमा योजना

सिटिजन सामूहिक म्यादी बीमा योजना एक....

सिटिजन सामूहिक म्यादी जीवन बीमा योजना

सिटिजन सामूहिक म्यादी जीवन बीमा....

सिटिजन घातक रोग सुरक्षा सुविधा

समयसँगै हाम्रो बदलिँदो खान पान,....

सिटिजन शुभारम्भ बीमा योजना

सिटिजन शुभारम्भ जीवन बीमा योजनामा....

सिटिजन अग्रीम भुक्तानी बीमा योजना

सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....

सिटिजन बाल भविष्य जीवन बीमा योजना

यस योजनाले अभिभावकलाई आफ्नो....

वैदेशिक रोजगार म्यादी जीवन बीमा

वैदेशिक रोजगारको लागि विदेश जाने....

सिटिजन अग्रिम भुक्तानी बीमा योजना

सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....

सिटिजन जीवन सारथी योजना

सावधिक, अग्रीम भुक्तानी तथा आजीवन....

सिटिजन बाल भविष्य जीवन बीमा योजना

यस योजनाले अभिभावकलाई आफ्नो....