Media Detail

सिटिजन बाल भविष्य जीवन बीमा योजना

यस योजनाले अभिभावकलाई आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सोचे जस्तो उच्च शिक्षा हासिल तथा व्यवसायिक पेशा शुरुवात गराउन एवम् भैपरि आउने अन्य खर्च टार्नका निमित्त आवश्यक रकमको सजिलै सँग व्यवस्था गर्न मद्दत गर्दछ । यस योजना अन्तर्गत अभिभावक र बच्चा दुवै जनाको जोखिम बहन प्रस्तावक र बीमितको रुपमा गरिन्छ ।

बीमा योजनाका विशेषताहरु:
बीमित……………………………………………………………..: बच्चा
प्रस्तावक…………………………………………………………..: माता/ पिता
न्यूनतम बीमा अवधि…………………………………………….: १० वर्ष
अधिकतम बीमा अवधि…………………………………………: २५ वर्ष
बीमितको प्रवेश उमेर……………………………………………: जन्मेको दिन देखि १५ वर्ष सम्म
बीमितको बीमा समाप्ति अधिकतम उमेर……………………: २५ वर्ष
प्रस्तावकको प्रवेश उमेर………………………………………..: २१ वर्ष देखि ५५ वर्ष सम्म
प्रस्तावकको बीमा समाप्ति अधिकतम उमेर………………..: ७० वर्ष
बीमितको न्यूनतम बीमाङ्क रकम………………………………: रु. ५०,०००/– (पचास हजार)
बीमितको अधिकतम बीमाङ्क रकम…………………………..: रु. ५०,००,०००/– (पचास लाख)
प्रस्तावकको न्यूनतम बीमाङ्क रकम……………………………: रु. ५०,०००/– (पचास हजार)
प्रस्तावकको अधिकतम बीमाङ्क रकम………………………..: रु. १०,००,०००/– (दश लाख)
बीमाशुल्क भुक्तानी तरिका……………………………………..: एकल, वार्षिक, अर्धवार्षिक, त्रैमासिक

बीमाङ्क रकमको आधारमा बीमा शुल्क दरमा निम्न बमोजिम छुट प्रदान गरिने छ:
बीमाङ्क रकम                                                                  प्रदान गरिने छुट (प्रति हजारमा)
रु.३,००,००१/– देखि रु.५,००,०००/– सम्म                                 रु.१/–
रु.५,००,०००/– भन्दा माथि                                                     रु.२/–

बीमाशुल्क भुक्तानी तरिकाको आधारमा निम्न बमोजिम बीमाशुल्क थप/छुट प्रदान गरिनेछ:

  • बार्षिक बीमाशुल्क भुक्तानी गर्दा                        : २ प्रतिशत छुट
  • अर्ध–बार्षिक बीमाशुल्क भुक्तानी गर्दा                : १ प्रतिशत छुट
  • त्रैमासिक बीमाशुल्क भुक्तानी गर्दा                     : कुनै थप/ छुट छैन
  • एकल बीमाशुल्क भुक्तानी गर्दा                          : कुनै थप/ छुट छैन

यस योजना अन्र्तगत जोखिम प्रारम्भ हुने अवस्थाहरु:
प्रस्तावकको हकमा बीमा प्रारम्भ मिति देखि जोखिम बहन प्रारम्भ हुन्छ भने बीमित (बच्चा) को हकमा बीमा प्रारम्भ मितिले दुई वर्ष वा बीमितको उमेर ६ वर्ष पुगेकोे मिति पछिको बीमाकोे वार्षिकोत्सव मिति मध्ये जुन मिति पछि हुन्छ सो मिति देखि मात्र जोखिम प्रारम्भ हुन्छ ।

बीमाङ्क रकम भुक्तानी दिइने अवस्थाहरु:

(क) बीमित (बच्चा) को हकमा बीमालाभ भुक्तानीः

  • चालु बीमालेख अन्तर्गत बीमालेखको अवधि सम्म बीमित जीवित रहेमा बीमा समाप्ती हुने मिति पश्चात् बीमाङ्क रकम र नियमानुसारको बोनस रकम बीमितलाई एकमुष्ठ भुक्तानी गरिनेछ ।
  • चालु बीमालेख अन्तर्गत बीमितको जोखिम प्रारम्भ हुने मिति अगावै बीमितको मृत्यु भएमा यस बीमालेख वापत बीमकलाई भुक्तानी गरिएको बीमाशुल्क (प्रस्तावकको जोखिम बहन गरेको लगायत अन्य पुरक करारको बीमाशुल्क बाहेक) रकम एकमुष्ठ भुक्तानी गरिनेछ र बीमालेख अन्तर्गत रक्षावरण समाप्त हुनेछ ।
  • चालु बीमालेख अन्तर्गत जोखिम प्रारम्भ मिति पछि, प्रस्तावक जीवित रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमाङ्क रकम को २५ प्रतिशत  वा यस बीमालेख वापत बीमकलाई भुक्तानी गरिएको बीमाशुल्क (प्रस्तावकको जोखिम बहन गरेको लगायत अन्य पुरक करारको बीमाशुल्क बाहेक) रकम जुन बढी हुन्छ सो रकम एकमुष्ठ भुक्तानी गरिनेछ  र बीमालेख अन्तर्गत रक्षावरण समाप्त हुनेछ ।
  • चालु बीमालेख अन्तर्गत प्रस्तावकको मृत्यु भए पश्चात् बीमितको जोखिम प्रारम्भ मिति पछि मृत्यु भएमा बीमाङ्क रकम को २५ प्रतिशत र नियमानुसारको बोनस वा यस बीमालेख वापत बीमकलाई भुक्तानी गरिएको बीमाशुल्क (प्रस्तावकको जोखिम बहन गरेको लगायत अन्य पुरक करारको बीमाशुल्क बाहेक) रकम जुन बढी हुन्छ सो रकम एकमुष्ठ भुक्तानी गरिनेछ र बीमालेख अन्तर्गत रक्षावरण समाप्त हुनेछ ।
  • चालु बीमालेख अन्तर्गत प्रस्तावक र बीमित दुवैको एक साथ मृत्यु भएमा देहाय बमोजिम भुक्तानी दिइने छः
    • प्रस्तावकको मृत्यु वापत रु.१०,००,०००/– (दश लाख) मा नबढ्ने गरी मूल बीमालेखको बीमाङ्क रकम बराबरको रकम तथा
    • बीमितको जोखिम प्रारम्भ भएको अवस्थामा बीमाङ्क रकमको पच्चीस प्रतिशत रकम वा बीमितको जोखिम प्रारम्भ नभएको अवस्थामा यस बीमालेख वापत बीमकलाई भुक्तानी गरिएको बीमाशुल्क (प्रस्तावकको जोखिम बहन गरेको लगायत अन्य पुरक करारको बीमाशुल्क बाहेक) रकम एकमुष्ठ भुक्तानी गरिनेछ  ।
  • बीमालेख चालु रहेको अवस्थामा १६ वर्ष पुरा भए पश्चात् बीमितको मृत्यु भएमा शत प्रतिशत बीमाङ्क रकम र नियमानुसारको बोनस भुक्तानी गरिने छ । बीमितको उमेरको हकमा १६ वर्ष पुरा भई जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएमा यस बीमालेख वापत बीमकलाई भुक्तानी गरिएको बीमाशुल्क (प्रस्तावकको जोखिम बहन गरेको लगायत अन्य पुरक करारको बीमाशुल्क बाहेक) रकम एकमुष्ठ भुक्तानी गरिनेछ ।

(ख) प्रस्तावक (माता/पिता) को हकमाः

  • चालु बीमालेखको बीमा अवधि भित्र प्रस्तावकको मृत्यु भएमा वा दुर्घटनाको कारणबाट स्थायी पूर्ण अशक्तता भएमा रु.१०,००,०००/– (दश लाख) मा नबढ्ने गरी मूल बीमालेखको बीमाङ्क रकम बराबरको रकम भुक्तानी गरिनेछ ।
  • प्रस्तावकको मृत्यु भएको वा दुर्घटनाको कारणबाट स्थायी पूर्ण अशक्तता भएको मिति पछि यस बीमालेख अन्तर्गत तिर्नुपर्ने बीमाशुल्क छुट/मिनाहा हुनेछ र बीमालेख चालु अवस्थामा रहनेछ।
  • चालु बीमालेखको अवधि भित्र प्रस्तावकको मृत्यु वा दुर्घटनाको कारणबाट प्रस्तावक स्थायी पूर्ण अशक्त भएमा देहाय बमोजिमले हुने रकम प्रस्तावकको मृत्यु पछिको अर्को महिना देखि वा प्रस्तावक स्थायी पूर्ण अशक्त रहेको चिकित्सकद्वारा पुष्टि भए पश्चात मासिक आय लाभ पाउन योग्य हुनेछ । मासिक आय लाभ भुक्तानी दुर्घटना मिति पछिको अर्को महिना देखि मूल बीमालेख परिपक्व हुने मिति वा बीमितको मृत्यु जुन अघि हुन्छ सो अवधि सम्म किस्ताबन्दीमा मासिक आय लाभ बीमितलाई भुक्तानी गरिनेछ:
    • बीमाङ्क रकम रु. ५,००,०००/– वा सो भन्दा बढी भएमा बीमाङ्क रकमको १ प्रतिशत रकम मासिक रुपमा बीमितलाई भुक्तानी गरिनेछ ।
    • बीमाङ्क रकम रु.५,००,०००/– भन्दा कम भएमा प्रस्तावकले रोजेको अनुरुप बीमाङ्क रकमको १.५%, २% वा ३% रकम मासिक रुपमा बीमितलाई भुक्तानी गरिनेछ । तर यो सुविधा मासिक अधिकतम रु. ५,०००/– सम्म सिमित रहनेछ ।
  • बीमा योजनामा थप बीमाशुल्क भुक्तानी गरेको अवस्थामा चालु बीमालेखको बीमा अवधि भित्र प्रस्तावकको मृत्यु भएमा थप रु. ५०,००० /– मा नबढ्ने गरी बीमाङ्क रकमको २५ प्रतिशत रकम काजक्रिया खर्चको रुपमा बीमितलाई भुक्तानी गरिनेछ ।

ऐच्छिक सुविधाहरु:

यस बीमा योजनामा थप बीमाशुल्क भुक्तानी गरी देहाय बमोजिमका ऐच्छिक सुविधाहरु पनि लिन सकिन्छ:

  • घातक रोग सुरक्षा सुविधा
  • काजक्रिया खर्च सुविधा

 

 

 

सिटिजन सामूहिक म्यादी बीमा योजना

सिटिजन सामूहिक म्यादी बीमा योजना एक....

सिटिजन सामूहिक म्यादी जीवन बीमा योजना

सिटिजन सामूहिक म्यादी जीवन बीमा....

सिटिजन घातक रोग सुरक्षा सुविधा

समयसँगै हाम्रो बदलिँदो खान पान,....

सिटिजन शुभारम्भ बीमा योजना

सिटिजन शुभारम्भ जीवन बीमा योजनामा....

सिटिजन अग्रीम भुक्तानी बीमा योजना

सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....

सिटिजन बाल भविष्य जीवन बीमा योजना

यस योजनाले अभिभावकलाई आफ्नो....

वैदेशिक रोजगार म्यादी जीवन बीमा

वैदेशिक रोजगारको लागि विदेश जाने....

सिटिजन अग्रिम भुक्तानी बीमा योजना

सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....

सिटिजन जीवन सारथी योजना

सावधिक, अग्रीम भुक्तानी तथा आजीवन....