Media Detail

सिटिजन घातक रोग सुरक्षा सुविधा

समयसँगै हाम्रो बदलिँदो खान पान, व्यस्त एवं तनावपूर्ण अवस्था, प्रदुषित वातावरणीय प्रभाव, नियमित शारीरिक व्यायामको कमी जस्ता जीवनशैलीमा भएको व्यापक परिवर्तनको प्रभाव हाम्रो जिवनमा गहिरो रुपमा पर्दैछ । साथै विभिन्न कारणवस मानिसहरु नियमित रुपमा स्वास्थ्य परीक्षण, व्यायाम, आराम, स्वच्छ तथा स्वस्थ्य र पोषिलो खाने कुरामा पर्याप्त समय दिन पाउँदैनन् । यस परिवर्तित अवस्थाले मानिसहरुमा विभिन्न गंभिर एवं घातक रोगहरु जस्तै क्यान्सर, पक्षघात, हृदयघात, मृगौला विफलता, कलेजो विफलता आदिको संक्रमण कम उमेरमै बढ्दै गएको कुरा हामी सबै बीच अवगत नै छ । मेडिकल क्षेत्रमा विज्ञानले पु-याएको अतुलनीय विकासले आज यस्ता रोगहरु धेरै हद सम्म निदान गर्न संभव भए पनि महँगो औषधि उपचारका कारण कयौं मानिसहरु आज पनि उपचार विहिन अवस्था वा ज्यान गुमाउन बाध्य छन् ।
तसर्थ सिटिजन लाइफले यस्ता घातक रोगहरु लाग्न सक्ने अनिश्चिततालाई मध्यनजर राखी घातक रोग लागेको अवस्थामा उपचार खर्च व्यहोरी बीमितको आर्थिक जोखिम कम गर्नको लागि सिटिजन कृटिकल केयर नामक बीमा योजना तपाईंहरु माझ ल्याएको छ ।
सिटिजन घातक रोग स्वेच्छिक सुविधा अन्तर्गत बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा Citizen Critical Care अन्तर्गत १३ तथा Citizen Critical Care Plus अन्तर्गत २० वटा घातक रोगहरुको बीमा रक्षावरण हुनेछ । उक्त रोगहरु निदान भएको अवस्थामा घातक रोग लाभको करारमा उल्लेखित बीमाङ्क भुक्तानी गरिनेछ । सिटिजन लाइफ इन्स्योरेन्सको सबै बीमा योजनाहरुसँग यो योजना उपलब्ध छ । सिटिजन कृटिकल केयर योजना मार्फत घातक रोगहरुको औषधी (उपचार खर्चको लागि रु. ५०,००,००० सम्म एकमुष्ट रकम उपलब्ध हुनेछ ।

विशेषताहरु

न्यूनतम प्रवेश उमेर …………………………………………: १८ वर्ष
अधिकतम प्रवेश उमेर ………………………………………: ६५ वर्ष
बीमा अवधि……………………………………………………: ५ वर्ष देखि २५ वर्ष
न्यूनतम बीमाङ्क रकम………………………………………..: रु. ५०,०००÷– (पचास हजार)
अधिकतम बीमाङ्क रकम…………………………………….: रु. ५,०००,०००÷– (पचास लाख)
बीमाशुल्क भुक्तानी तरिका………………………………….: मूल बीमालेखको बीमाशुल्क भुक्तानी तरिका अनुसार

(क) Citizen Critical Care अन्तर्गत रक्षावरण गरिएका घातक रोगहरु:

क्र.सं. रोगहरु
Cancer (गम्भीर प्रकृतिको क्यान्सर)
Kidney Failure (किड्नीले काम नगरेको (निरन्तर रुपमा डायलासिस गर्नुपर्ने अवस्था रहेकोे))
Multiple Sclerosis (मल्टिपल स्क्लेरोसिस)
Major Organ/Bone Marrow Transplant (बोन म्यारो प्रत्यारोपण)
Open Heart Replacement (ओपन हार्ट सर्जरी वा मुटुको भल्भहरुको मर्मत)
Open Chest CABG (ओपन चेष्ट CABG)
Permanent Paralysis of Limbs (हात गोडाको स्थायी रुपले प्यारालाइसीस भएको अवस्था)
Myocardial Infarction (Heart Attack of specified severity) (गम्भीर प्रकृतिको पहिलो हृदयघात)
Stroke resulting into permanent Neurological Deficit (मष्तिष्क घातबाट स्थायी रुपमा देखिएको न्यूरोलोजिकल डेफिसीट)
 १० Primary Pulmonary Arterial  Hypertension ( पल्मनरी आर्टेरियल हाइपरटेन्सन)
११ Aorta Graft Surgery (एओर्टा ग्राफ्ट सर्जरी)
१२ Coma (गम्भीर प्रकृतिको कोमा)
१३ Sickle Cell Anemia (सिक्कल सेल एनिमिया)

(ख) Citizen Critical Care Plus अन्तर्गत रक्षावरण गरिने रोगहरु

क्र.सं. रोगहरु
Cancer of Specified Severity (गम्भीर प्रकृतिको क्यान्स)
Kidney failure requiring regular dialysis (किड्नीले काम नगरेको (निरन्तर रुपमा डायलासिस गर्नुपर्ने अवस्था रहेको))
 ३ Multiple Sclerosis with persisting symptoms (मल्टिपल स्क्लेरोसिस)
Major Organ/Bone Marrow transplant (मुख्य अंग / बोन म्यारो प्रत्यारोपण)
Open Heart Replacement or Repair of Heart Valves (ओपन हार्ट सर्जरी वा मुटुको भल्भहरुको मर्मत)
Open Chest CABG (ओपन चेष्ट CABG)
Permanent Paralysis of Limbs (हात गोडाको स्थायी रुपले प्यारालाइसीस भएको अवस्था)
Myocardial Infraction (First Heart Attack of specified severity) (गम्भीर प्रकृतिको पहिलो हृदयघात)
Stroke resulting in permanent neurological deficit (मष्तिष्क घातबाट स्थायी रुपमा देखिएको न्यूरोलोजिकल डेफिसीट)
१० Primary (IDIOPATHIC) Pulmonary Arterial Hypertension (प्राइमरी (इदियोप्याथिक) पल्मनरी आर्टेरियल हाइपरटेन्सन)
११ Aorta Graft Surgery (एओर्टा ग्राफ्ट सर्जरी)
१२ Coma of specified severity (गम्भीर प्रकृतिको कोमा)
१३ Sickle Cell Anemia (सिक्कल सेल एनिमिया)
 १४ Benign Brain Tumor (बेनाइन ब्रेन ट्युमर)
 १५ Alzheimer’s disease before the age of 50 years  (५० वर्ष उमेर अघि लागेको अल्जाइमर्स)
१६ End Stage Liver failure (कलेजो बिग्रीएर अन्तिम चरणमा पुगेको)
१७ Parkinson’s disease before the age of 50 years (५० वर्ष उमेर अघि लागेको पार्किन्सन्स)
१८ Third Degree Burns (थर्ड डिग्री बर्न (जलेको))
१९ Deafness (बहिरोपना)
२० Loss of Speech (बोल्ने क्षमता हराएको)

सिटिजन सामूहिक म्यादी बीमा योजना

सिटिजन सामूहिक म्यादी बीमा योजना एक....

सिटिजन सामूहिक म्यादी जीवन बीमा योजना

सिटिजन सामूहिक म्यादी जीवन बीमा....

सिटिजन शुभारम्भ बीमा योजना

सिटिजन शुभारम्भ जीवन बीमा योजनामा....

सिटिजन अग्रीम भुक्तानी बीमा योजना

सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....

सिटिजन बाल भविष्य जीवन बीमा योजना

यस योजनाले अभिभावकलाई आफ्नो....

वैदेशिक रोजगार म्यादी जीवन बीमा

वैदेशिक रोजगारको लागि विदेश जाने....

सिटिजन अग्रिम भुक्तानी बीमा योजना

सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....

सिटिजन जीवन सारथी योजना

सावधिक, अग्रीम भुक्तानी तथा आजीवन....

सिटिजन बाल भविष्य जीवन बीमा योजना

यस योजनाले अभिभावकलाई आफ्नो....