Media Detail

सिटिजन शुभारम्भ बीमा योजना

सिटिजन शुभारम्भ जीवन बीमा योजनामा दीर्घकालीन बचतका साथ बीमा अवधिभर बीमितको जोखिम बहन गर्ने सुविधा रहेको छ । यस योजनमा भविष्यमा आफुलाई चाहिने रकमको आवश्यक्तालाई दृष्टिगत गरी आफ्नो आर्थिक बचत क्षमता अनुसार बीमा गराई बीमा समाप्तीमा बीमाङ्क रकम तथा आर्जित बोनस एकमुष्ट भुक्तानी पाउने व्यव्स्था भएकोले यो बीमा योजना जनसाधारणको सबैभन्दा लोकप्रिय जीवन बीमा योजना हुन आएको छ ।

बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि रु. ५०,००० को न्यूनतम बीमाङ्क रकमको बीमा गर्न सकिने यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई डबल सुरक्षा प्रदान गर्दछ । यस योजना मार्फत बीमितले साधारण मृत्युमा बीमाङ्कको डबल रकम र दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा रकम प्राप्त गर्न सक्नेछन् ।

विशेषताहरु :
१. प्रवेश योग्य उमेर …………………………………:  १८ देखी ६५ वर्ष
२. बीमालेख परिपक्व बखत अधिकतम उमेर ……: ७० वर्ष
३. बीमा अवधि ………………………………………: ५ देखी ३५ वर्ष
४. न्यूनतम बीमाङ्क रकम …………………………..: रु. ५०,०००
५ .अधिकतम बीमाङ्क रकम ……………………….: बीमितको आयको आधार सहित कम्पनीको जोखिमाङ्कन नीति अनुसार
६. बीमाशुल्क भुक्तानी तरिका …………………….: एकल, वार्षिक, अर्धवार्षिक, त्रैमासिक

बीमाङ्क रकम भुक्तानी दिइने अवस्था :
क) बीमा समाप्ति मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही उक्त मितिमा बीमाङ्क रकम र बोनस रकम भुक्तानी गरिनेछ ।
ख) बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क र नियमानुसारको बोनस रकम भुक्तानी गरिनेछ ।

ऐच्छिक सुविधाहरु

१. दुर्घटना मृत्यु लाभ 
बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरी दुर्घटना मृत्यु लाभ लिन चाहेमा बीमालेखमा यो सुविधा समावेश गर्न सकिने छ । यो सुविधा लिएमा बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमाङ्क रकम बराबर वा रु. १,००,००,००० (रु. एक करोड) मध्ये जुन कम हुन्छ सो रकम दुर्घटना मृत्यु लाभ वापत प्रदान गरिनेछ । उक्त रकमको भुक्तानी बीमालेखमा उल्लेखित व्यवस्था बमोजिम गरिनेछ ।

२.  स्थायी पूर्ण अशक्तता लाभ 
बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरी स्थायी पूर्ण अशक्तता लाभ लिन चाहेमा बीमालेखमा यो सुविधा समावेश गर्न सकिने छ । यो सुविधा अन्तर्गत बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा बीमितको दुर्घटनाको कारणबाट स्थायी पूर्ण अशक्तता भएमा बीमाङ्क रकम बराबर वा रु. १,००,००,००० (रु. एक करोड) मध्ये जुन कम हुन्छ सो रकम स्थायी पूर्ण अशक्तता लाभ वापत एकमुष्ठ प्रदान गरिनेछ । उक्त रकमको भुक्तानी बीमालेखमा उल्लेखित व्यवस्था बमोजिम गरिनेछ ।

३. बीमाशुल्क छुट लाभ 
बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरी बीमाशुल्क छुट लाभ लिन चाहेमा बीमालेखमा यो सुविधा समावेश गर्न सकिने छ । यो सुविधा अन्तर्गत बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा बीमित दुर्घटनाको कारणबाट स्थायी पूर्ण अशक्त भएमा तत्पश्चात बीमा अवधिको लागि तिर्नु पर्ने बीमाशुल्क भुक्तानीमा पूर्ण छुट प्रदान गरिने छ ।

४. मासिक आय लाभ 
बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरी मासिक आय लाभ लिन चाहेमा बीमालेखमा यो सुविधा समावेश गर्न सकिने छ । यो सुविधा अन्तर्गत बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा बीमित दुर्घटनाको कारणबाट स्थायी पूर्ण अशक्त भएमा स्थायी पूर्ण अशक्त भएपश्चात बीमितलाई बीमाङ्क रकमको १ प्रतिशत बराबर रकम मासिक रुपमा बीमा अवधि समाप्तिसम्म भुक्तानी गरिनेछ ।

५. काजक्रिया खर्च सुविधा 
बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरी काजक्रिया खर्च सुविधा लिएमा बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा बीमितको कुनैे कारणबाट मृत्यु भएमा बीमितको परिवारलाई बीमाङ्क रकमको २५ प्रतिशत ले हुने रकम वा रु.५०,००० (रु. पचास हजार) मध्ये जुन कम हुन्छ सो रकम काजक्रिया खर्च वापत प्रदान गरिनेछ ।

६. सिटिजन घातक रोग सुविधा 
सिटिजन घातक रोग स्वेच्छिक सुविधा अन्तर्गत बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा Citizen Critical Care अन्तर्गत १३ तथा Citizen Critical Care Plus अन्तर्गत २० वटा घातक रोगहरुको बीमा रक्षावरण हुनेछ । उक्त रोगहरु निदान भएको अवस्थामा घातक रोग लाभको करारमा उल्लेखित बीमाङ्क भुक्तानी गरिनेछ ।

७. दुर्ई गुणा बीमाङ्क लाभ 
बीमा अवधिभित्र बीमलेख चालु रहेको अवस्थामा बीमित को मृत्यु भएमा बीमा अवधी समाप्त भए पशचात् यो सुविधा अन्तर्गत थप बीमाङ्क रकम बीमालेखमा इच्छाएको व्यक्तिलाई भुक्तानी गरिनेछ ।

सिटिजन सामूहिक म्यादी बीमा योजना

सिटिजन सामूहिक म्यादी बीमा योजना एक....

सिटिजन सामूहिक म्यादी जीवन बीमा योजना

सिटिजन सामूहिक म्यादी जीवन बीमा....

सिटिजन घातक रोग सुरक्षा सुविधा

समयसँगै हाम्रो बदलिँदो खान पान,....

सिटिजन अग्रीम भुक्तानी बीमा योजना

सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....

सिटिजन बाल भविष्य जीवन बीमा योजना

यस योजनाले अभिभावकलाई आफ्नो....

वैदेशिक रोजगार म्यादी जीवन बीमा

वैदेशिक रोजगारको लागि विदेश जाने....

सिटिजन अग्रिम भुक्तानी बीमा योजना

सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....

सिटिजन जीवन सारथी योजना

सावधिक, अग्रीम भुक्तानी तथा आजीवन....

सिटिजन बाल भविष्य जीवन बीमा योजना

यस योजनाले अभिभावकलाई आफ्नो....