Media Detail

सिटिजन सामूहिक म्यादी जीवन बीमा योजना

सिटिजन सामूहिक म्यादी जीवन बीमा योजना लघुवित्त, वित्तीय संस्था र सहकारी संस्थाहरुको लागि लक्षित गरिएको एक सामूहिक म्यादी जीवन बीमा योजना हो, जस अन्तर्गत एकल बीमालेख अन्तर्गत छुटाछुटै व्यक्तिको जोखिम बहन गरिन्छ ।

बीमा योजनाका विशेषताहरु:
न्यूनतम प्रवेश उमेर ………………………………………..: १८ वर्ष
अधिकतम प्रवेश उमेर ……………………………………..: ६४ वर्ष
बीमा अवधि…………………………………………………..: १ देखी ५ वर्ष,
बीमाशुल्क भुक्तानी अवधि ………………………………..:  योजनाको अवधि अनुसार
अधिकतम बीमा समाप्ति उमेर ……………………………: ६५ वर्ष
न्यूनतम बीमाङ्क रकम……………………………………….: रु. १०,०००/– (दश हजार)
अधिकतम बीमाङ्क रकम……………………………………: रु. १,०००,०००/– (दश लाख)
बीमाशुल्क भुक्तानी तरिका…………………………………: एकल (बीमा अवधिको सम्पूर्ण बीमाशुल्क एकमुष्ट भुक्तानी), वार्षिक
समूहको न्यूनतम संख्या …………………………………….: एकल संस्थाबाट ५०० जनाको समूह (परिचयपत्र अनिवार्य)

बीमाङ्क रकम तथा अन्य लाभ भुक्तानी हुने अवस्था :

  • बीमालेखका शर्तको अधिनमा रही बीमालेख चालू रहेको अवस्थामा बीमितको मृत्यु हुन गएमा निजले इच्छाइएको व्यक्ति वा निजको हकवालालाई बीमाङ्क रकम भुक्तानी गरिनेछ ।
  • बीमालेख चालु रहेको अवस्थामा बीमितको दुर्घटनाबाट मृत्यु हुन गएमा बीमाङ्क रकम बराबरको थप दुर्घटना लाभको रकम समेत एकमुष्ठ इच्छाइएको व्यक्ति वा निजको हकवालालाई भुक्तानी गरिनेछ ।
  • बीमालेख चालु रहेको अवस्थामा बीमितको दुर्घटनाबाट स्थायी अशक्तता हुन गएमा थप अशक्तता लाभ वापत बीमाङ्क रकम प्रदान गरिनेछ ।
  • बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु हुन गएमा बीमाङ्क रकमको ३० प्रतिशतले हुने रकम वा रु. ४५,०००/— मध्ये जुन कम हुन्छ सो बराबरको रकम काजक्रिया खर्च बापत इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिनेछ । उपरोक्त बमोजिमका लाभहरुलाई देहाय बमोजिम सांराश गरिएको छ ।

उपरोक्त बमोजिमका लाभहरुलाई देहाय बमोजिम सांराश गरिएको छ ।
क्रं.सं.                 घटना                                                   लाभ
१.           बीमितको मृत्यु भएमा                                     बीमाङ्क रकम बराबर
२.           दुर्घटनाबाट मृत्यु भएमा                                  बीमाङ्क रकम बराबरको थप १००% बीमाङ्क रकम
३.           स्थायी पूर्ण अशक्तता                                      बीमाङ्क रकमको १००%
४.           काजक्रिया खर्च (बीमितको मृत्यु भएमा)          बीमाङ्क रकमको ३०%, अधिकतम रु. ४५,०००/—

सिटिजन सामूहिक म्यादी बीमा योजना

सिटिजन सामूहिक म्यादी बीमा योजना एक....

सिटिजन घातक रोग सुरक्षा सुविधा

समयसँगै हाम्रो बदलिँदो खान पान,....

सिटिजन शुभारम्भ बीमा योजना

सिटिजन शुभारम्भ जीवन बीमा योजनामा....

सिटिजन अग्रीम भुक्तानी बीमा योजना

सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....

सिटिजन बाल भविष्य जीवन बीमा योजना

यस योजनाले अभिभावकलाई आफ्नो....

वैदेशिक रोजगार म्यादी जीवन बीमा

वैदेशिक रोजगारको लागि विदेश जाने....

सिटिजन अग्रिम भुक्तानी बीमा योजना

सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....

सिटिजन जीवन सारथी योजना

सावधिक, अग्रीम भुक्तानी तथा आजीवन....

सिटिजन बाल भविष्य जीवन बीमा योजना

यस योजनाले अभिभावकलाई आफ्नो....