Media Detail

सिटिजन वार्षिक अग्रिम भुक्तानी बीमा योजना

ग्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम योजनाहरु पस्किन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही क्रमलाई निरन्तरता दिदै सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना नामक नया बीमा योजना प्रस्तुत गरेको छ । बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्नुका साथै वित्तीय आवश्यकताहरु पुरा गरी निर्धक्क साथ जीवनयापन गर्न र भैपरी आउने समस्याहरुमा सरल तरिकाबाट आर्थिक सुरक्षामा टेवा पु–याउने उद्देश्ले वार्षिक रुपमा बीमाङ्कको पांच प्रतिशत रकम बीमितलाई भुक्तानी गर्दछ । यस विशेषताले ग्राहकहरुलाई बीमा योजना अनुसारको आफ्नो बीमाशुल्क भुक्तानीको भार व्यवस्थापन गर्न समेत अझ सरल र सहज गराउछ । यसका साथै यस योजनाले बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा उपभोग गरिरहेका ग्राहक वर्ग तथा निरन्तर पैसा लगानी गरिराख्ने  व्यवसायीहरुलाई समेत आफ्नो नगद प्रवाह व्यवस्थापन गर्न सहयोग गर्दछ ।

बीमा योजनाका विशेषताहरु:
न्यूनतम प्रवेश उमेर …………………………………..:५ वर्ष
अधिकतम प्रवेश उमेर ………………………………..: ६५ वर्ष
अधिकतम बीमा समाप्ति उमेर ……………………..: ७० वर्ष
न्यूनतम बीमा अवधि…………………………………..: ५ वर्ष
अधिकतम बीमा अवधि……………………………….: २० वर्ष
न्यूनतम बीमाङ्क रकम…………………………………: रु. २००,०००/– (दुई लाख)
अधिकतम बीमाङ्क रकम………………………………: बीमितको आयको आधारमा कम्पनीको जोखिमाङ्कन नीति अनुसार
बीमाशुल्क भुक्तानी तरिका……………………………: वार्षिक, अर्धवार्षिक, त्रैमासिक

बीमाङ्क रकमको आधारमा बीमा शुल्क दरमा निम्न बमोजिम छुट प्रदान गरिने छ:

बीमाङ्क रकम                                                                    प्रदान गरिने छुट (प्रति हजारमा)
रु.३,००,००१/– देखि रु.५,००,०००/– सम्म                                     रु.१/–
रु.५,००,०००/– भन्दा माथि                                                           रु.२/–

बीमाशुल्क भुक्तानी तरिकाको आधारमा निम्न बमोजिम बीमाशुल्क थप/छुट प्रदान गरिनेछ:

बार्षिक बीमाशुल्क भुक्तानी गर्दा             : २ प्रतिशत छुट
अर्ध–बार्षिक बीमाशुल्क भुक्तानी गर्दा     : १ प्रतिशत छुट
त्रैमासिक बीमाशुल्क भुक्तानी गर्दा          : कुनै थप/ छुट छैन

बीमाङ्क रकम भुक्तानी दिइने अवस्था:

(क) बीमा अवधि सम्म बीमित जीवित रहेमा यस बीमालेखको शर्तहरुको अधिनमा रही देहाय अनुसारको रकम भुक्तानी गरिनेछ:
बीमा प्रारम्भ मितिले प्रत्येक वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ प्रतिशत रकम ।
बीमा समाप्ती मितिमा बीमाङ्क रकमबाट प्रत्येक वर्ष भुक्तानी भएको रकम कट्टा गरी बांकी रहेको बीमाङ्क र नियमानुसारको बोनस रकम ।

(ख) बीमा समाप्ती मिति अगावै बीमितको मृत्यु भएमा यस बीमालेखको शर्तहरुको अधिनमा रही पुरै बीमाङ्क तथा नियमानुसारको बोनस रकम बीमितले इच्छाएको व्यक्ति वा निजको हकवालालाई भुक्तानी गरिनेछ ।

ऐच्छिक सुविधाहरु:

यस बीमा योजनामा थप बीमाशुल्क भुक्तानी गरी देहाय बमोजिमका ऐच्छिक सुविधाहरु पनि लिन सकिन्छ:

  • दुर्घटना मृत्यु लाभ
  • स्थायी पूर्ण अशक्तता लाभ
  • बीमाशुल्क छुट लाभ
  • मासिक आय लाभ
  • घातक रोग सुरक्षा सुविधा
  • काजक्रिया खर्च सुविधा

अतिरिक्त सुविधा तथा लाभहरु:

(क) दुई वर्षको बीमाशुल्क भुक्तानी भए पश्चात बीमालेख कर्जा लिन सकिने ।
(ख) दुई वर्षको बीमाशुल्क भुक्तानी पश्चात स्वतः बीमाशुल्क ऋण सुविधा छनौट गरेको अवस्थामा कथमकदाचित बीमाशुल्क भुक्तानी नभएपनि निश्चित अवधिसम्म जोखिम बहन भईरहने ।

सिटिजन सामूहिक म्यादी बीमा योजना

सिटिजन सामूहिक म्यादी बीमा योजना एक बर्षे अवधिको योजना....

सिटिजन सामूहिक म्यादी जीवन बीमा योजना

सिटिजन सामूहिक म्यादी जीवन बीमा योजना लघुवित्त, वित्तीय....

सिटिजन घातक रोग सुरक्षा सुविधा

समयसँगै हाम्रो बदलिँदो खान पान, व्यस्त एवं तनावपूर्ण....

सिटिजन शुभारम्भ बीमा योजना

सिटिजन शुभारम्भ जीवन बीमा योजनामा दीर्घकालीन बचतका साथ....

सिटिजन अग्रीम भुक्तानी बीमा योजना

सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले बीमा अवधिभर....

सिटिजन बाल भविष्य जीवन बीमा योजना

यस योजनाले अभिभावकलाई आफ्नो बालबालिकाको उज्जवल....

वैदेशिक रोजगार म्यादी जीवन बीमा

वैदेशिक रोजगारको लागि विदेश जाने व्यक्तिहरुको लागि....

सिटिजन अग्रिम भुक्तानी बीमा योजना

सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले बीमा अवधिभर....

सिटिजन जीवन सारथी योजना

सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा सहितको....