जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पु-याई देशभर छरिएर रहेको आर्थिक साधन र श्रोतलाई बीमा शुल्कका रुपमा संकलन गरी राष्ट्रिय गौरवका परियोजना निर्माण गर्न आवश्यक पूंजी जुटाई देशको समग्र अर्थतन्त्रलाई टेवा दिदै जीवन बीमाको माध्यम मार्फत सर्वसाधारणको सुरक्षा र सामाजिक स्तर बढाउन सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्यले कम्पनी ऐन २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा २०६४ साल आषाढ १२ गते यस सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना भएको छ । यस कम्पनीले बीमा ऐन २०४९ बमोजिम मिति २०७४ साल भाद्र ०७ गते बीमा व्यवसायको नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा व्यवसाय गर्न इजाजत प्राप्त गरी मिति २०७४ साल कार्तिक ०२ गतेबाट सञ्चालनमा रहेको छ ।

यस कम्पनीलाई संस्थागत रूपमा शिखर इन्स्योरेन्स कम्पनी लि., कान्तिपुर पब्लिकेशन्स प्रा. लि., हिमालय इन्फ्रास्ट्रक्चर फण्ड लि., पन्चकन्या प्लास्ट प्रा. लि., हाथवे इन्भेष्टमेन्ट, गुडविल फाइनान्स लि. लगायतले प्रवर्द्धन गरेका छन् साथै, नेपालका प्रतिष्ठित एअरलाइन्स कम्पनीका लगानिकर्ता, वरिष्ठ आधिकृतहरु, बैंक तथा बित्तिय संस्थाका प्रमुख कार्यकारीहरु, प्रतिष्ठित चाटर्ड एकाउण्टेन्ट, डाक्टरहरु लगायत प्रतिष्ठित औद्योगिक तथा व्यवसायिक समूह, बैंकिङ्ग, बीमा तथा अन्य प्रतिष्ठित पेशा र व्यवसायमा ख्याती प्राप्त व्यक्तिहरुद्वारा प्रवर्द्धन गरिएको छ । यस कम्पनीले पुनर्बीमा सम्बन्धी सम्झौता पुनर्बीमा व्यवसायमा अग्रणी नेपालको नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रि संग सम्पन्न गरेको छ ।

यस कम्पनीले आफ्नो व्यवसायिक करोवार शुरुवात गरेको छोटो समयमानै देशभर स्थापना गरिएका १४० शाखा/उपशाखा कार्यालयहरु मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।