Media Detail

सिटिजन बाल भविष्य योजना प्लस

यस योजनाले अभिभावकलाई आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सोचे जस्तो उच्च शिक्षा हासिल तथा व्यवसायिक पेशा शुरुवात गराउन एवम् भैपरि आउने अन्य खर्च टार्नका निमित्त आवश्यक रकमको सजिलै सँग व्यवस्था गर्न मद्दत गर्दछ । यस योजना अन्तर्गत अभिभावक र बच्चा दुवै जनाको जोखिम बहन प्रस्तावक र बीमितको रुपमा गरिन्छ ।

बीमा योजनाका विशेषताहरु:

बीमित……………………………………………………………..: बच्चा
प्रस्तावक…………………………………………………………..: माता/ पिता
बीमा अवधि……………………………………………………….: ५ वर्ष देखी २५ वर्ष

बीमाशुल्क भुक्तानी अवधि

नियमित अवधि भुक्तानीको हकमा: बीमा अवधि बराबर

एकल भुक्तानीको हकमा: एकल

सिमित अवधि भुक्तानीको हकमा:

बीमा अवधि बीमाशुल्क भुक्तानी अवधि
२० १५/१०/५
१५ १०/५
१०

बीमितको प्रवेश उमेर……………………………………………: जन्मेको दिन देखि १७ वर्ष सम्म
बीमितको बीमा समाप्ति न्यूनतम उमेर…………… ….…….: १८ वर्ष
बीमितको बीमा समाप्ति अधिकतम उमेर……………………: २५ वर्ष
प्रस्तावकको प्रवेश उमेर………………………………………..: २१ वर्ष देखि ६० वर्ष सम्म
प्रस्तावकको बीमा समाप्ति अधिकतम उमेर………………..: ७० वर्ष
बीमाङ्क रकम………………………………………………………: रु. ५०,०००/– (पचास हजार) देखि  रु. ५०,००,०००/– (पचास लाख)
बीमाशुल्क भुक्तानी तरिका……………………………………..: एकल, वार्षिक, अर्धवार्षिक, त्रैमासिक

यस योजना अन्तर्गत जोखिम प्रारम्भ हुने अवस्थाहरु

प्रस्तावकको हकमा बीमा प्रारम्भ मिति देखि जोखिम बहन प्रारम्भ हुन्छ भने बीमित (बच्चा) को हकमा बीमा प्रारम्भ मितिले दुई वर्ष वा बीमितको उमेर ६ वर्ष पुगेको मिति पछिको बीमाको वार्षिकोत्सव मिति मध्ये जुन मिति पछि हुन्छ सो मिति देखि मात्र जोखिम प्रारम्भ हुन्छ ।

दाबी रकम भुक्तानी दिइने अवस्थाहरु

यस बीमालेखको शर्त तथा बन्देजहरुको अधिनमा रही देहायको अवस्थामा निम्नानुसारको रकम भुक्तानी दिइने छ:

  • चालु बीमालेख अन्तर्गत बीमालेखको अवधि सम्म बीमित जीवित रहेमा बीमा समाप्ती हुने मिति पश्चात् बीमाङ्क रकम र नियमानुसारको बोनस रकम भुक्तानी गरिनेछ ।
  • चालु बीमालेख अन्तर्गत बीमितको जोखिम प्रारम्भ हुने मिति अगावै बीमितको मृत्यु भएमा यस बीमालेख वापत बीमकलाई भुक्तानी गरिएको बीमाशुल्क (पूरक करारको बीमाशुल्क बाहेक, कुनै भए) रकम भुक्तानी गरिनेछ ।
  • चालु बीमालेख अन्तर्गत बीमितको जोखिम प्रारम्भ मिति पछि मृत्यु भएमा बीमाङ्क रकमको २५% (पच्चीस प्रतिशत) र नियमानुसारको बोनस रकम वा बीमकलाई भुक्तानी गरिएको बीमाशुल्क (पूरक करारको बीमाशुल्क बाहेक, कुनै भए) रकम मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ ।
  • चालु बीमालेख अन्तर्गत प्रस्तावक र बीमित दूबैको एउटै दुर्घटनाको कारणबाट एक साथ मृत्यु भएमा देहाय बमोजिम भुक्तानी दिइनेछः
    (क) प्रस्तावकको मृत्यु वापत बीमाङ्क रकम,
    (ख) बीमितको जोखिम प्रारम्भ भएको अवस्थामा बीमाङ्क रकमको पच्चीस प्रतिशत रकम र बीमितको जोखिम प्रारम्भ नभएको अवस्थामा यस बीमालेख वापत बीमकलाई भुक्तानी गरिएको बीमाशुल्क (पूरक करारको बीमाशुल्क बाहेक, कुनै भए) रकम, र
    (ग) नियमानुसारको बोनस रकम ।
  • प्रस्तावकको मृत्यु भएको मिति पछि यस बीमालेख अन्तर्गत तिर्नुपर्ने बीमाशुल्क छुट हुनेछ ।
  • बीमालेखको अवधि भित्र प्रस्तावकको मृत्यु भएमा बीमाङ्क रकमको एक प्रतिशतले हुने रकम प्रस्तावकको मृत्यु मिति पछिको अर्को महिना देखि मूल बीमालेख परिपक्व हुने मिति वा बीमितको मृत्यु जुन अघि हुन्छ सो अवधि सम्म किस्ताबन्दीमा मासिक आय लाभ बीमितलाई भुक्तानी गरिनेछ ।

यस बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा बीमालेख ऋण, सो ले आर्जन गरेको ब्याज (कुनै भए) र कुनै बक्यौता रकम भए सो रकम घटाई बांकी रकम भुक्तानी दिइनेछ ।

ऐच्छिक सुविधाहरु

यस बीमा योजनामा थप बीमाशुल्क भुक्तानी गरी देहाय बमोजिमका ऐच्छिक सुविधाहरु पनि लिन सकिन्छ :

स्थायी पूर्ण अशक्तता लाभ

प्रस्तावकले अतिरिक्त बीमाशुल्क भुक्तानी गरी स्थायी पूर्ण अशक्तता लाभ लिन चाहेमा बीमालेखमा यो सुविधा समावेश गर्न सकिनेछ । यो सुविधा अन्तर्गत बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा प्रस्तावकको दुर्घटनाको कारणबाट स्थायी पूर्णअशक्तता भएमा बीमाङ्क रकम स्थायी पूर्ण अशक्तता लाभ वापत भुक्तानी गरिनेछ । उक्त रकमको भुक्तानी बीमालेखमा उल्लेखित व्यवस्था बमोजिम गरिनेछ ।

बीमाशुल्क  छुट लाभ

प्रस्तावकले अतिरिक्त बीमाशुल्क भुक्तानी गरी बीमाशुल्क छुट लाभ लिन चाहेमा बीमालेखमा यो सुविधा समावेश गर्न सकिनेछ । यो सुविधा अन्तर्गत बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा प्रस्तावकको दुर्घटनाको कारणबाट स्थायी पूर्ण अशक्तता भएमा तत्पश्चात् बीमा अवधिको लागि तिर्नुपर्ने बीमाशुल्क भुक्तानीमा पूर्ण छुट प्रदान गरिनेछ ।

मासिक आय लाभ

प्रस्तावकले अतिरिक्त बीमाशुल्क भुक्तानी गरी मासिक आय लाभ लिन चाहेमा बीमालेखमा यो सुविधा समावेश गर्न सकिनेछ । यो सुविधा अन्तर्गत बीमा अवधि  भित्र बीमालेख चालु  रहेको अवस्थामा प्रस्तावक दुर्घटनाको कारणबाट स्थायी पूर्ण अशक्त भएमा दुर्घटना मिति पछिको प्रत्येक महिनाको अन्तमा मूल बीमालेख परिपक्व हुने मिति वा प्रस्तावकको मृत्युजुन अघि हून्छ सो अवधि सम्म प्रस्तावकलाई बीमाङ्क रकमको १ प्रतिशत बराबरको रकम मासिक रुपमा भुक्तानी गरिनेछ ।

काजक्रिया खर्च सुविधा

प्रस्तावकले अतिरिक्त बीमाशुल्क भुक्तानी गरी काजक्रिया खर्च सुविधा लिएमा बीमा अवधि भित्र बीमालेख चालु  रहेको अवस्थामा प्रस्तावकको कुनै कारणबाट मृत्युभएमा बीमाङ्क रकमको २५ प्रतिशतले हुने रकम वा रु ५०,००० (पचास हजार) मध्ये जुन कम हून्छ सो रकम काजक्रिया खर्च वापत भुक्तानी गरिनेछ ।

सिटिजन घातक रोग सुविधा

सिटिजन घातक रोग सुविधा अन्तर्गत बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा Citizen Critical Care अन्तर्गत १३ तथा Citizen Critical Care Plus अन्तर्गत २० वटा घातक रोगहरुको बीमा रक्षावरण हुनेछ । उक्त रोगहरु निदान भएको अवस्थामा घातक रोग लाभको करारमा उल्लेखित बीमाङ्क भुक्तानी गरिनेछ ।

म्यादी बीमा लाभ

प्रस्तावकले अतिरिक्त बीमाशुल्क भुक्तानी गरी म्यादी बीमा लाभ लिन चाहेमा बीमलेखमा यो सुविधा समावेश गर्न सकिने छ। यो सुविधा अन्तर्गत बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा प्रस्तावकको मृत्यु भएमा बीमाङ्क रकम बराबरको रकम म्यादी बीमा वापत भुक्तानी गरिनेछ । उक्त रकमको भुक्तानी बीमालेखमा उल्लेखित ब्यवस्था बमोजिम गरिनेछ ।

 

थप छुट: बीमाङ्क रकमको आधारमा बीमा शुल्क दरमा निम्न बमोजिम छुट प्रदान गरिनेछ: 

बीमा योजना  / बीमाङ्क रकम रु ४,०१,०००/- देखी रु ६,५०,९९९/- सम्म रु ६,५१,०००/- र सो भन्दा माथि
बाल भविष्य योजना प्लस रु १ रु २

 

बीमाशुल्क भुक्तानी तरिकाको आधारमा निम्न बमोजिम बीमशुल्क थप/छुट प्रदान गरिनेछ:

बीमा योजना वार्षिक अर्ध-वार्षिक त्रैमासिक एकल्
बाल भविष्य योजना प्लस २% छुट १% छुट कुनै थप/छुट छैन कुनै थप/छुट छैन

 

द्रष्टव्य: यसमा उल्लेखित विवरण्हरु ग्राहकलाई जानकारी दिने उद्धेश्यले रखिएका हुन यसमा उल्लेखित विवरणहरु बीमालेख शर्त तथा सुविधासँग बझिएमा बीमालेख बमोजिम हुनेछ

सिटिजन बचत वृद्धि योजना

सिटिजन बचत वृद्धि योजना एक युनिभर्सल....

बन्द गरिएका बीमा योजनाहरु

Citizen Regular Pay Endowment Insurance Plan सिटिजन सावधिक....

सिटिजन सामूहिक म्यादी बीमा योजना

सिटिजन सामूहिक म्यादी बीमा योजना एक....

सिटिजन सामूहिक म्यादी जीवन बीमा योजना

सिटिजन सामूहिक म्यादी जीवन बीमा....

सिटिजन घातक रोग सुरक्षा सुविधा

समयसँगै हाम्रो बदलिँदो खान पान,....

सिटिजन शुभारम्भ बीमा योजना

सिटिजन शुभारम्भ जीवन बीमा योजनामा....

सिटिजन अग्रीम भुक्तानी बीमा योजना

सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....

वैदेशिक रोजगार म्यादी जीवन बीमा

वैदेशिक रोजगारको लागि विदेश जाने....

सिटिजन अग्रिम भुक्तानी बीमा योजना

सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....

सिटिजन जीवन सारथी योजना

सावधिक, अग्रीम भुक्तानी तथा आजीवन....

सिटिजन बाल भविष्य योजना प्लस

यस योजनाले अभिभावकलाई आफ्नो....