प्रेस विज्ञप्तीहरु
06
Dec 21
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्सहरु सम्मानित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको चौथों संस्करण शुक्रबार होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ ।
हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ३१ हजार अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २७९ जना सिटिजन लिडरहरु, उत्कृष्ट ५ सिनियर एजेन्सी मेनेजर, एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा ४०० सक्रिय सिटिजन लिडरहरुको उपस्थिती थियो । कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको समुपस्थितीमा कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न भयो । कार्यक्रममा मुख्य अतिथिका रुपमा डा. सन्दुक रुइतको उपस्थिती थियो । आफ्नो जिवनका भोगाइहरु व्यक्त गर्दै उनले आफुले मनदेखी चाहेको खण्डमा केहि कुरा पनि असम्भव छैन भन्ने कुरामा जोड दिदैँ अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित लिडरहरुलाई प्रेरित गरे ।
सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको र रहने बताउँदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गरे ।
समापनको अवसरमा अध्यक्ष प्रदिप जङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पुर्याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु; ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए ।
सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमाकोष ४ अर्ब नाघ्यो, बीमाशुल्क आर्जनमा पनि शत प्रतिशत वृद्धि
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७८/०७९....
सिटिजन लाइफ इन्स्योरेन्सको चौथो वार्षिकोत्सव, सप्ताह व्यापी सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मनाउने
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो....
सिटिजन लाइफको “डिजिटल सिटिजन” अभियान अन्तर्गत “अनलाईन बीमा दाबी” सेवा शुभारम्भ
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम....
सिटिजन केयर सुविधा अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्स र क्लीनिक वन बीच साझेदारी
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लीनिक वन....
सिटिजन लाइफको व्यवसायमा छलाङ, जीवन बीमा कोषमा १३८% को वृद्धि
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/०७८....
सिटिजन लाइफद्वारा ३ वर्ष देखी संचालित “विद्यार्थीसँग बीमा” निकै लोकप्रिय
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना काल....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “बर्दिया टाइगर मिट” कार्यक्रममा सिटिजन लिडरहरु सम्मानित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको बबइ....
सिटिजन लाइफ इन्स्योरेन्सको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, ०२ फाल्गुण, २०७७ सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफले जीवन बीमा कोषमा १३०% ले वृद्धि गर्दै फेरी पनि व्यवसायमा छलाङ
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....