Media Detail 19 Oct 19

सिटिजन लाइफको निशुल्क स्वास्थ शिविरमा ५०० जनाले गरे स्वास्थ परिक्षण

बुद्धभुमी ९ इमिलियामा संचालित १ दिने निशुल्क स्वास्थ शिविरमा ५०० जनाले स्वास्थ परिक्षण गराएका छन । शनिवार सम्पन्न स्वास्थ शिविरमा बुटवलका भिविन्न विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा विशेष गरि दात,मुख, गिजा, मुटु, हाड, जोर्नी, नशा, महिला तथा प्रसुती, मधुमेह सुगर सम्बन्धि समस्या भएका बिरामिले स्वास्थ्य लाभ लिएका थिए। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जितपुर शाखा र बुटवल फार्मा बुटवलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बुद्धभुमी नगरपालिका वडा न ९  र अनौपचारिक सेवा क्षेत्र इन्सेक कपिलवस्तुले समन्वय गरेको थियो।

इमिलिया स्थित श्री मा बि मा संचालित शिविरमा आज स्वास्थ जाचँ गराएका बिरामिहरुले बुटवलका विभिन्न अस्पतालमा  एक पटकका लागि निशुल्क तथा निश्चित प्रतिशत छुट पाउने भएका छन् । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै बुद्द्भुमी नगरपालिकाका  उप प्रमुख मिरा थारुले शिविर आयोजक टिमको काम प्रती प्रशंसा गर्नुभयो । मानिस सामाजिक प्राणी भएको र यहि समाजमा केही  सेवा गरौ भन्ने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जितपुर शाखाका शाखा प्रमुख एव कार्यक्रमका अध्यक्ष सम्झना आचार्यले बताउनुभयो । कम्पनीका चिफ बिजनेस अफिसर सुनिल पोख्रेल, एरिया ब्रान्च मेनेजर दुर्गा राज ढकाल, बुद्दभुमी  वडा न ९ का वडा अद्यक्ष  खुमानन्द न्यौपाले,भैरहवा र बर्दघाट शाखाका शाखा प्रमुखहरु,  अन्य कर्मचारी, कम्पनिका एजेन्सी, युनिट मेनेजर, अभिकर्ता, पत्रकार, स्थानिय बुद्धिजिवी समाजसेवी लगायतको  उपस्तिथिती रहेको कार्यक्रमको संचालन पत्रकार   नन्दराम पौडेलले गर्नुभएक थियो ।

18 Oct 19

दोश्रो बार्षिकउत्सवमा सिटिजन लाइफद्धारा रक्तदान कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो दोश्रो....