Banner
19
Dec 18
सिटिजन अग्रीम भुक्तानी बीमा योजना
सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले बीमा अवधिभर बीमितको जोखिम बहन गर्नुका साथै वित्तीय आवश्यकताहरु पुरा गर्नका लागि बीमा अवधिभित्र निश्चित समयको अन्तरालमा बीमाङ्कको निश्चित प्रतिशत रकम तथा बीमा अवधि समाप्तीमा बांकी बीमाङ्क रकम र बीमा अवधिमा मुल बीमाङ्क रकमबाट आर्जित वोनस एकमुष्ट बीमितलाई भुक्तानी गर्ने सुविधा प्रदान गर्दछ ।
बीमा योजनाका विशेषताहरुः
न्यूनतम प्रवेश उमेर ………………………………………..: १६ वर्ष
अधिकतम प्रवेश उमेर …………………………………….: ५५ वर्ष
अधिकतम बीमा समाप्ति उमेर …………………………..: ७० वर्ष
बीमा अवधि…………………………………………………..: १२, १५, १८ र २१ वर्ष
न्यूनतम बीमाङ्क रकम………………………………………: रु. ५०,०००/– (पचास हजार)
अधिकतम बीमाङ्क रकम…………………………………..: बीमितको आयको आधारमा कम्पनीको जोखिमाङ्कन नीति अनुसार
बीमाशुल्क भुक्तानी तरिका………………………………..: वार्षिक, अर्धवार्षिक, त्रैमासिक
बीमाङ्क रकमको आधारमा बीमा शुल्क दरमा निम्न बमोजिम छुट प्रदान गरिने छ:
बीमाङ्क रकम प्रदान गरिने छुट (प्रति हजारमा)
रु.३,००,००१/– देखि रु.५,००,०००/– सम्म रु.१/–
रु.५,००,०००/– भन्दा माथि रु.२/–
बीमाशुल्क भुक्तानी तरिकाको आधारमा निम्न बमोजिम बीमाशुल्क थप/छुट प्रदान गरिनेछ:
१. बार्षिक बीमाशुल्क भुक्तानी गर्दा : २ प्रतिशत छुट
२. अर्ध–बार्षिक बीमाशुल्क भुक्तानी गर्दा : १ प्रतिशत छुट
३. त्रैमासिक बीमाशुल्क भुक्तानी गर्दा : कुनै थप/ छुट छैन
बीमाङ्क रकम भुक्तानी दिइने अवस्था:
(क) बीमालेख चालु रही बीमालेख अवधि सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही देहाय अनुसार भुक्तानी गरिनेछ:
- बीमा प्रारम्भ मितिले पहिलो एक तिहाई अवधि पुगेको वर्ष दिवसमा बीमाङ्कको २५% रकम ।
- बीमा प्रारम्भ मितिले दुई तिहाई अवधि पुगेको वर्ष दिवसमा बीमाङ्कको ३०% रकम ।
- बीमा समाप्ति मितिमा बीमाङ्कको ४५% रकम र नियमानुसारको बोनस रकम ।
(ख) बीमालेख चालु रही बीमा समाप्ति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही उपरोक्त (क) अनुसार भुक्तानी भैसकेको रकम नघटाई शत प्रतिशत बीमाङ्क र नियमानुसारको बोनस रकम इच्छाइएको व्यक्ति वा नजिकको हकवालालाई एकमुष्ट भुक्तानी गरिनेछ ।
ऐच्छिक सुविधाहरु:
यस बीमा योजनामा थप बीमाशुल्क भुक्तानी गरी देहाय बमोजिमका ऐच्छिक सुविधाहरु पनि लिन सकिन्छ:
- दुर्घटना मृत्यु लाभ
- स्थायी पूर्ण अशक्तता लाभ
- बीमाशुल्क छुट लाभ
- मासिक आय लाभ
- घातक रोग सुरक्षा सुविधा
- काजक्रिया खर्च सुविधा
अतिरिक्त सुविधा तथा लाभहरु:
(क) दुई वर्षको बीमाशुल्क भुक्तानी भए पश्चात बीमालेख कर्जा लिन सकिने ।
(ख) दुई वर्षको बीमाशुल्क भुक्तानी पश्चात स्वतः बीमाशुल्क ऋण सुविधा छनौट गरेको अवस्थामा कथमकदाचित बीमाशुल्क भुक्तानी नभएपनि निश्चित अवधिसम्म जोखिम बहन भईरहने ।
सिटिजन बचत वृद्धि योजना
सिटिजन बचत वृद्धि योजना एक युनिभर्सल....
बन्द गरिएका बीमा योजनाहरु
Citizen Regular Pay Endowment Insurance Plan सिटिजन सावधिक....
सिटिजन बाल भविष्य योजना प्लस
यस योजनाले अभिभावकलाई आफ्नो....
सिटिजन वार्षिक अग्रिम भुक्तानी बीमा योजना
ग्राहकवर्गहरुको सुरक्षा र....
सिटिजन सामूहिक म्यादी बीमा योजना
सिटिजन सामूहिक म्यादी बीमा योजना एक....
सिटिजन सामूहिक म्यादी जीवन बीमा योजना
सिटिजन सामूहिक म्यादी जीवन बीमा....
सिटिजन घातक रोग सुरक्षा सुविधा
समयसँगै हाम्रो बदलिँदो खान पान,....
सिटिजन शुभारम्भ बीमा योजना
सिटिजन शुभारम्भ जीवन बीमा योजनामा....
सिटिजन जीवन सारथी योजना
सावधिक, अग्रीम भुक्तानी तथा आजीवन....
वैदेशिक रोजगार म्यादी जीवन बीमा
वैदेशिक रोजगारको लागि विदेश जाने....
सिटिजन अग्रिम भुक्तानी बीमा योजना
सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....
सिटिजन जीवन सारथी योजना
सावधिक, अग्रीम भुक्तानी तथा आजीवन....
सिटिजन बाल भविष्य योजना प्लस
यस योजनाले अभिभावकलाई आफ्नो....