प्रेस विज्ञप्तीहरु
28
Apr 20
सिटिजन लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरहरुको पनि गरायो कोरोना बीमा
सिटिजन लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरहरुको पनि गरायो कोरोना बीमा
२०७७ वैशाख १६ गते १७:१९ विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस (कोभिड–१९) महामारीको विरुद्ध आफ्ना एजेन्सी म्यानेजरहरुलाई पनि १ लाख रुपैयाँको बीमालेख प्रदान गरेको छ । कम्पनीले निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबाट सामुहिक बीमा बीमालेख खरिद गरी एजेन्सी म्यानेजरहरुलाई उक्त सुविधा उपलब्ध गराएको हो ।
जीवन बीमा व्यवसायको विकास र विस्तारका लागि बीमा अभिकर्ताहरु कम्पनीको मेरुदण्ड हुन । त्यसैले अहिलेको यस विषम परिस्थितिमा आफ्ना लिडरहरुको व्यवसायिक मनोवल उच्च गराउन कम्पनीले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरुलाई १ लाखको कोरोना भाइरस, कोभिड–१९ बीमा सुविधा उपलब्ध गराएको छ ।
बीमा समितिको निर्देशन बमोजिम कोरोना भाइरस रोगको रक्षावरण गर्नका लागि कोरोना भाइरस (कोभिड–१९) नयाँ बीमालेख प्रचलनमा आउने बित्तिकै यस अघि सिटिजन लाइफले आफ्ना कर्मचारीहरुलाई पनि सोहीे सुविधा उपलब्ध गराएको थियो ।
कोरोना लागेको पिसिआर परीक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमाङ्क रकम भुक्तानी लिन पाइनेछ । यस बीमालेखले बीमितहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडरहरुको सेवा सुविधा र क्षमता बृद्धि विकासमा अग्रणी भूमिकामा रहदै आएको सिटिजन लाइफले आफ्नो यस प्रयासले आफ्ना लिडरहरुको क्यारियर एजेन्सीको रुपमा काम गर्न थप आधार तयार हुने विश्वास लिएको छ ।
कोभिड–१९ विरुद्ध सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आफ्ना कर्मचारीहरुको बीमा
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....
सिटिजन लाइफको प्रिमियम अब फोन पे मार्फत भुक्तानी
ग्राहकवर्गहरुको सुलभ तथा उत्तम सेवाको लागि नवीनतम....
सिटिजन लाइफद्वारा राहत कोषमा ७ लाख ५० हजारको सहयोग
३, वैशाख,२०७६ अहिलेको यस विषम परिस्थितीमा सहयोगको पाइला....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धिकरण....
गुणस्तरीय सेवा दिन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा “एम्.डी.आर.टी.” कार्यक्रम
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “आर्ट अफ सक्सेस” कार्यक्रम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले २०७६ फाल्गून १० गते....
सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अब अर्घाखाँचीमा
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँचीमा नयाँ....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १ करोड ५० हजार बीमा रकम प्रदान
मङ्सिर २८, २०७६ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.....
सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अब जरङ्खु, काठमाडौंमा
काठमाण्डौँको तारकेश्वर स्थित जरङ्खुमा सिटिजन लाइफ....

