Media Detail 19 Oct 21

सिटिजन लाइफ इन्स्योरेन्सको चौथो वार्षिकोत्सव, सप्ताह व्यापी सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मनाउने

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । सबैभन्दा विश्वासिलोे र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यका साथ अघि बढ्दै सफलताको चौथो वर्ष पुरा भएको सुखद अवसरमा, सम्पूर्ण ग्राहकवर्ग, व्यवसायिक सिटिजन लिडरहरु, नियमनकारी निकायहरु, शेयरधनी महानुभावहरु, सञ्चालक समिति, सद्भावना दुतद्वय, सञ्चारकर्र्मी, व्यावसायिक साझेदारहरु, कर्मचारीहरु लगायत सबै शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता जाहेर गर्दै आगामी दिनहरुमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई निशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएकोमा यस वर्ष पनि सप्ताह व्यापी कार्यक्रम मार्फत सो गतिविधीहरुलाई निरन्तरता दिइने जनाएको छ ।

सञ्चालक समितिका सदस्यहरु, कर्मचारी तथा सिटिजन लिडरहरुको समुपस्थितीमा आयोजित कार्यक्रममा सञ्चालक समितीका अध्यक्ष श्री प्रदिप जङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पु-याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु; ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताउनु भयो ।

यसका साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेलले प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्नुका साथै दिपावलि, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीहरुको सुस्वास्थ्य, दिर्र्घायु एवम उत्तरोतर प्रगतिको लागी हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्नुभयो ।

06 Jun 21
16 May 21

सिटिजन केयर सुविधा अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्स र क्लीनिक वन बीच साझेदारी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लीनिक वन....

13 May 21

सिटिजन लाइफको व्यवसायमा छलाङ, जीवन बीमा कोषमा १३८% को वृद्धि

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/०७८....

31 Mar 21

सिटिजन लाइफद्वारा ३ वर्ष देखी संचालित “विद्यार्थीसँग बीमा” निकै लोकप्रिय

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना काल....

15 Feb 21

सिटिजन लाइफ इन्स्योरेन्सको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ०२ फाल्गुण, २०७७ सिटिजन लाइफ इन्स्योरेन्स....

07 Feb 21

सिटिजन लाइफले जीवन बीमा कोषमा १३०% ले वृद्धि गर्दै फेरी पनि व्यवसायमा छलाङ

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....

19 Oct 20