प्रेस विज्ञप्तीहरु
22
Sep 22
सिटिजन लाइफको ३ दिने ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०७९’ सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस स्ट्राटिजी कन्फेरेन्सकोे पाचौँ संस्करण २०७९ साल असोज ३, ४ र ५ गते सौरहाको होटेल चितवन प्याराडाइजमा सम्पन्न गरेको छ । कम्पनीलाई हरेक ढङ्गबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दारी र मिहेनतका साथ खटिनु भएका सम्पुर्ण कर्मचारीहरुलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो । यस कार्यक्रममा ११४ जना कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा गत आर्थिक बर्षको कारोबार समिक्षा गर्दै नयाँ आर्थिक बर्षको रणनितिबारे छलफल गरियो साथै आर्थीक वर्ष २०७८/०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाइ विभिन्न ३१ विधाम सम्मान गरियो ।
यस सँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्धेश्यका साथ कम्पनीको व्यवस्थापान टिम र शाखाका कर्मचारीहरु बिच कम्पनीको प्रशासन सम्बन्धित रहेका विविध बिषयहरुमा छलफल गरियो र प्रशासन सम्बन्धित सबै कार्यहरु अझै छिटो र सजिलो तरिकाले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा छलफल भयो ।
कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारीे दिएको छ । प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फल्दायी रह्यो । कम्पनीको सम्पुर्ण व्यवस्थापन टिमको समुपस्थितीमा ३ दिने कार्यक्रम भव्य रुपमा सम्पन्न भयो ।
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२२’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्सहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स....
सिटिजन लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न, आइपीओ निष्काशनको प्रस्ताव पारित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण....
सिटिजन लाइफ द्वारा एकै दिन १८०० बिद्यार्थि लाई बिमा शिक्षा संचालन
सिटिजन लाइफ इन्स्योरेन्सले प्रदेश न ३,४ र ५ मा आज एकै दिन....
सिटिजन लाइफ र खल्ती बीच साझेदारी, इस्योरेन्सको सेवा लिन अझै सहज
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम....
सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधा सहित
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “सिटिजन खबर” जर्नल प्रकाशित
सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा रहेको होटेल याक....
सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा महजोडीको निरन्तरता
सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दुत....
सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटल बिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटल बिच....
डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम....