प्रेस विज्ञप्तीहरु

सिटिजन लाइफको सातौँ वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको नक्साल भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ३ अर्ब ७५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँबराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश छन्।
सभाले बोनश शेयर जारीपछि चुक्तापुँजी बढेर ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । संशोधित प्रबन्धपत्र अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तवा सभाले अनुमोदन गरेको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षणको प्रतिवेदन पनि सभाले अनुमोदन गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पनि स्वीकृत गरेको छ ।
सभाले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा दावा फुटी शेर्पा र भेज प्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।
जाजरकोट भुकम्प पीडितलाई सिटिजन लाइफद्धारा राहत बितरण
जाजरकोट जिल्ला बारकोट गाउँपालिकाको रामिडाडालाई....
छैटौँ वार्षिकोत्सवमा सिटिजन लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई रु ५ लाख सहयोग
यस सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैटौँ....
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वसाधारणका लागी निष्काशन गरिएको ९,०००,००० कित्ता साधारण शेयरको बाँडफाँड
श्री एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा....
सिटिजन लाइफको “सिटिजन हिरोज कनक्लेभ” को तेश्रो संस्करण सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिने “सिटिजन....
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको ११,२५,००० कित्ता साधारण शेयरको बाँडफाँड
श्री एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा....
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२३’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्सहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स....
सिटिजन लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो “सिटिजन गान”
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले "सिटिजन गान"....
सिटिजन लाइफको ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८०’ सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिने ‘बिजनेस....
सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १० औँ....