प्रेस विज्ञप्तीहरु
02
Dec 24
सिटिजन लाइफ वीमेन्स फोरमद्वारा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकउत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरु माथि छलफल गर्ने र समस्याहरु देखिएमा समाधान प्रदान गर्न आवश्यक भुमिका खेल्ने उद्देश्यले गठन गरिएको यस फोरमले पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।
अहिले विश्वव्यापी रुपमा चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै शूक्रबार कम्पनीकोे प्रधान कार्यालयमा “हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता” को विषयमा कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रमको मूख्य श्रोत व्यक्तिको रुपमा राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्यालको उपस्थिती रहेको थियो ।
अर्यालले लैङ्गिक हिंसाको प्रकार, कार्यस्थलमा हुने लैङ्गिक हिंसा, र व्यवसायिक संस्थाहरुले अपनाउनु पर्ने कानुनी व्यवस्थाबारे विस्तृत रुपमा प्रशिक्षित गरिन् । उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाईन मार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई लैङ्गिक हिंसा विरुद्ध ऐक्यवद्धता भएर काम गर्न अर्यालले प्रोत्साहन समेत गरिन् । उक्त कार्यक्रममा अर्यालले, लैङ्गिक हिंसा महिलाहरु माथि मात्र नभइ पुरुषहरुमाथि पनि हुने भएको र यसबारे कसरी बच्ने र भएको खण्डमा कसरी कानुनी रुपमा अघी बढ्ने भन्ने बारेमा पनि जानकारी दिइन् ।
फोरमको संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाहरुको भुमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउदैं लैङ्गिक हिंसाको पिडितलाई आवाज उठाउन अनूरोध गरिन् । फोरमले आउने समयहरुमा यस्तै शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरुप विभिन्न कार्यहरु गर्ने भविष्यको सोच रहेको बताइन् ।
कार्यक्रमको अन्तिम चरणमा कम्पनीका नायब प्रमूख कार्यकारी अधिकृत दिप बहादुर वि.सीले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्रथमिकता रहेको जनांउदैं कार्यक्रम समापन भएको घोषणा गरे ।
यस वीमेन्स फोरमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई सशक्तिकरण गर्नुका साथै महिला लगायत सबैको लागी उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समान्वय गर्ने र सो को सहजतको लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गरी मद्दत गर्ने र कार्यालयमा लैङ्गिक सम्मानता कायम राख्न समान्वय गर्नु रहेको छ ।
सप्ताह व्यापी कार्यक्रमहरु सञ्चालन गरेर सातौं वार्षिकोत्सव मनाउदै सिटिजन लाइफ
जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पु-याई....
सिटिजन लाइफद्वारा कर्मचारीहरुलाई व्यक्तित्व विकास तालिम आयोजना
एक संस्थाको वृद्धि-विकासकालागि त्यस संस्थाका....
“सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग” को नवौं संस्करण सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित हुदै....
सिटिजन लाइफद्वारा आयोजित “सिटिजन हिरोज कनक्लेभ” को चौथो संस्करण सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा प्रत्यक वर्ष....
सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन बचत वृद्धि योजना आजबाट सार्वजनिक
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि....
कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफद्वारा रु.४ लाख सहयोग
बिगत समयमा विज्ञान र प्रविधिको क्षेत्रले अविश्वासनीय....
इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा
नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम
नव वर्ष २०८१ सालको आगमन सँगै सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफ इन्स्योरेन्स द्वारा श्री गार्गी कन्या गुरुकुललाई रु. ३ लाख सहयोग
उचित शिक्षा एवं रहन सहन को वातावरण बनाइ विदुषी नारी तयार....