Media Detail 04 Nov 25

लुम्बिनी प्रदेशमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी दोस्रो तालिम संचालन गरेको छ। यस .. २०८१/८२ मा आयोजना गरिएका तालिमहरूको यो दोस्रो चरण हो। पहिलो तालिम कोशी प्रदेशमा सम्पन्न भइसकेको दोस्रो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

कार्तिक १४ गते, भैरहवास्थित टाइगर प्यालेस बाइ सोल्टीमा सम्पन्न उक्त कार्यक्रममा देशका विभिन्न शाखाबाट आएका अभिकर्ता, शाखा प्रबन्धक तथा कर्मचारी गरी कुल २२५ जना सहभागी रहेका थिए। कार्यक्रममा कम्पनीका प्रशिक्षण विभागका प्रमुख श्री कुबेर पाठकज्यूले प्रशिक्षण सञ्चालन गर्नुभएको थियो।

तालिममार्फत AML/CFT सम्बन्धी कानूनी प्रावधानहरू, बीमा क्षेत्रमा यसको प्रभाव, व्यवहारमा अपनाउनुपर्ने नीतिगत तथा व्यावहारिक पक्षहरूबारे विस्तृत जानकारी गराइएको थियो। साथै, गैरकानुनी कमाइ तथा आतंककारी क्रियाकलापबाट संकलित रकमलाई बीमाको माध्यमबाट सेतो धन बनाउने प्रयासलाई कसरी नियन्त्रण गर्ने, त्यसका प्रक्रिया रिपोर्टिङ प्रणालीबारे समेत व्यावहारिक सन्दर्भ सहित चर्चा गरिएको थियो।

कम्पनीका अनुसार, यस तालिमको उद्देश्य अभिकर्ता, शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूलाई आर्थिक अपराध नियन्त्रण, आतंकवाद वित्तीयकरण रोकथाम पारदर्शी कारोवार संस्कृतिको प्रवद्र्धनमा थप सचेत सक्षम बनाउनु रहेको छ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ता तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै ग्राहक तथा नियामक निकायप्रति जिम्मेवार विश्वासिलो बीमा सेवा प्रवाह गर्ने दायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

25 Feb 25

सिटिजन लाइफ “कर्पोरेट एक्सिलेन्स अवार्ड” बाट सम्मानित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई HRM नेपालद्वारा....

23 Feb 25

सिटिजन लाइफ इन्स्योरेन्सको MDRT 2025 सम्मान कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिनको MDRT 2025 (Million Dollar....

04 Jan 25
21 Dec 24

रोशीका ४४७ विधार्थीहरुलाई सिटिजन लाइफद्वारा न्यानो लुगा वितरण

श्रावण १२ गते देशका विभिन्न भागमा परेको अविरल वर्षाको....