प्रेस विज्ञप्तीहरु
21
Dec 24
रोशीका ४४७ विधार्थीहरुलाई सिटिजन लाइफद्वारा न्यानो लुगा वितरण
श्रावण १२ गते देशका विभिन्न भागमा परेको अविरल वर्षाको कारण आएको बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परी धेरै धनजनको क्षति भएको परिप्रेक्षमा काभ्रे जिल्लाको रोशी गाउंपालिका स्थित केहि क्षेत्रलाई निकै प्रभावित पारेको र उक्त वाढि प्रभावित क्षेत्रका बालबालिकाहरुको शैक्षिक गतिविधिमा समेत असर परेकोले अहिलेको जाडो मौसममा उक्त क्षेत्रका बालबालिकाहरुलाई न्यानो पोषाकको आवश्यक भएकोले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले रोशी गाउँपालिकामा स्थित श्री शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विद्यार्थी तथा श्री मंगल जन विजय माध्यामिक विद्यालयका ४०० जना विद्यार्थीहरुका लागि विद्यालयको जाडो महिनाको पोषाक ट्रयाक सुट वितरण गरेको छ।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत श्री दिप बहादुर बि. सी. ज्यू , प्रमुख बजार व्यवस्थापन अधिकृत श्री भुषण रिमाल ज्यू, प्रमुख व्यवसाय अधिकृत श्री सुनिल पोखरेल ज्यू, स्थानीय तहका पधादिकारीहरु, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरुको उपस्थिती थियो।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत श्री दिप बहादुर बि. सी. ज्यूले यस कार्यले विद्यार्थीको पढाइमा सहज हुने विश्वास व्यक्त गर्नुका साथै, असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गर्न पाउदा, स- साना विद्यार्थीको मुहारमा खुसी देख्दा आफुलाई पनि खुसी लागेको र बीमा सबैको लागि अवश्यक छ भन्ने कुरामा जोड दिएर, विद्यार्थी भोलिको देशको कर्णधार भएको भन्दै विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।
कार्यक्रममा उपस्थित समाजसेवी शंख बुद्ध लामाले आफु संस्थापक भएको विद्यालयमा सहयोग गरेकोमा सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गर्दै जीवन बीमा बुढेसकालमा सहारा हुने भएकोले जीवन बीमा गर्नुपर्ने कुरामा जोड दिनुभयो, अत जीवन बीमाले मानिसलाई हुने आर्थिक नोक्सानीलाई न्युनिकरण गर्न सकिने बताउनुभयो ।
कम्पनीका एजेन्सी मेनेजर साथै यस कार्यक्रमका सहजकर्ता अशोक बुद्ध लामाले बीमाले भविष्यमा हुनसक्ने जोखिम कम गर्ने हुनाले जीवन बीमाका लागि सिटिजन लाइफलाई सम्झिन अनुरोध गर्नुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञान बहादुर लामाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई सहयोगको लागी धन्यवाद ज्ञापन गर्नुभयो।
सिटिजन लाइफको ३ दिने ‘सिटिजन एन्युअल बिजनेस रिट्रीट २०८१’ सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित कार्यक्रम....
सिटिजन लाइफ वीमेन्स फोरमद्वारा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं....
सप्ताह व्यापी कार्यक्रमहरु सञ्चालन गरेर सातौं वार्षिकोत्सव मनाउदै सिटिजन लाइफ
जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पु-याई....
सिटिजन लाइफद्वारा कर्मचारीहरुलाई व्यक्तित्व विकास तालिम आयोजना
एक संस्थाको वृद्धि-विकासकालागि त्यस संस्थाका....
“सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग” को नवौं संस्करण सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित हुदै....
सिटिजन लाइफद्वारा आयोजित “सिटिजन हिरोज कनक्लेभ” को चौथो संस्करण सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा प्रत्यक वर्ष....
सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन बचत वृद्धि योजना आजबाट सार्वजनिक
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि....
कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफद्वारा रु.४ लाख सहयोग
बिगत समयमा विज्ञान र प्रविधिको क्षेत्रले अविश्वासनीय....
इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा
नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स....