Media Detail 15 Nov 19

सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरि दुई संस्था बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीसँग जोडिए पछि इन्स्योरेन्स भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।

साथै सिटिजन लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइनमार्फत कनेक्ट आईपीएस ई–पेमेन्टबाट वा ५,००० भन्दा बढि बैंक शाखाहरुबाट सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड कान्तिपुर मिडिया ग्रुप, शिखर इन्स्योरेन्स, प्रतिष्ठित एविएशन उद्योगपतिहरु, सफल बैंकरहरु र विभिन्न उद्योगको प्रतिष्ठित प्रतिनिधिहरुद्वारा प्रबद्र्धित कम्पनी हो । कम्पनीले एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ ।

08 Nov 19

सिटिजन लाइफको सिटिजन शुभारम्भ जीवन बीमा योजना सार्वजनिक

कार्तिक २२, २०७६, काठमाडौंः ग्राहकवर्गहरुको सुरक्षा र....

18 Oct 19

दोश्रो बार्षिकउत्सवमा सिटिजन लाइफद्धारा रक्तदान कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो दोश्रो....

16 Oct 19

सिटिजन लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले होटल हिमालयमा यहि....

05 Sep 19

सिटिजन लाइफ र ई–सेवा बीच साझेदारी

काठमाडौंः ग्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको....

03 Aug 19

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बिजनेस अवार्डस् नाइट आयोजित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले होटेल शोल्टी क्राउन....

18 Jul 19

सिटिजन लाइफको प्रथम बीमाशुल्क १०० करोड नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष....

27 Feb 19

CitizenLife’s Annual Money Back Insurance Plan

Citizen Life Insurance Company Limited, which has always stayed in the forefront to provide new and innovative insurance plans to its customers, has....

11 Feb 19

‘Bancassurance’ agreement between Nepal Bank and Citizen Life Insurance

Citizen Life Insurance Company, which has had significant growth in the market in recent times and has been successful in gaining confidence of....

20 Apr 18

Citizen Life Insurance’s conducted 1st AGM; Discussion about endorsement of IPO under one of the main agendas

Citizen Life Insurance Company Limited conducted its 1st Annual General Meeting (AGM) today (Baishakh 7, 2075). The AGM was held at Shikhar Biz....