सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा मृत्यू दाबी गर्ने प्रकृया

क. दाबीकर्ताले मृत्यू दाबी सम्बन्धमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई लिखित जानकारी पेश गर्नु पर्नेछ ।
ख. सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पत्र मार्फत दाबीकर्तालाई मृत्यू दाबी सम्बन्धि बूझाउनू पर्ने आवश्यक कागजातहरुको जानकारी दिनेछ ।

सामान्यतय पेश गर्नुपर्ने कागजातहरु निम्न प्रकारका छन्

१. बीमितको मृत्यु अस्पतालमा भएको भए अस्पतालबाट जारी गरिएको मृत्युको प्रमाणपत्र वा बीमितको मृत्यु अस्पताल बाहेक अन्य स्थानमा भएको भए सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट प्रदान गरिने ” परिचय र दाह संस्कार ” फारम प्रष्ट रुपमा भरि पेश गर्नुपर्ने ।
२. दुर्घटनाबाट बीमितको मृत्यु भएको भए बीमितको मृत्युको कारणका सम्बन्धमा सरकारी चिकित्सकद्वारा गरिएको शव परीक्षणको प्रतिवेदन वा दुर्घटना खुलेको प्रहरी प्रतिवेदन ।
३. बीमितसँगको नाता प्रमाण पत्र,
४. बीमित र इच्छाइएको नागरिकताको प्रतिलिपी ।

ग. उक्त कागजातहरु प्राप्त भए पश्चात सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अध्ययन गरि दाबी प्रकृया सम्पन्न गरि दाबी भूक्तानी गरिने छ । यदि केहि कागजातहरु अपुग वा नमिलेको भए बीमितलाई तुरुन्तै सम्पर्क गरी आवश्यक कागजातहरु पेश गर्न जानकारी दिने र दाबी प्रकृया सम्पन्न गरि दाबी भूक्तानी गरिने छ ।