प्रेस विज्ञप्तीहरु
03
Aug 23
सिटिजन लाइफको ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८०’ सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिने ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८०’ भव्यतापूर्वक सम्पन्न भएको छ । काठमाडौं, बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा श्रावण १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम “सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा” नाराका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कम्पनीलाई हरेक ढङ्गबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दारी र मिहेनतका साथ खटिनु भएका सम्पुर्ण कर्मचारीहरुलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो । यस कार्यक्रममा १४० जना कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा गत आर्थिक बर्षको कारोबार समिक्षा गर्दै नयाँ आर्थिक बर्षको रणनितिबारे छलफल गरियो साथै आर्थीक वर्ष २०७९/०८० सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाइ विभिन्न ३२ विधाम सम्मान गरियो ।
यस सँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्धेश्यका साथ कम्पनीको व्यवस्थापान टिम र शाखाका कर्मचारीहरु बिच कम्पनीको प्रशासन सम्बन्धित रहेका विविध बिषयहरुमा छलफल गरियो र प्रशासन सम्बन्धित सबै कार्यहरु अझै छिटो र सजिलो तरिकाले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा छलफल भयो ।
कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारीे दिएको छ । प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फल्दायी रह्यो । कम्पनीको सम्पुर्ण व्यवस्थापन टिम, डिर्पाटमेन्ट हेट, टिम हेड सहितको समुपस्थितीमा ३ दिने कार्यक्रम भव्य रुपमा सम्पन्न भयो ।
सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १० औँ....
सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण साभा सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण साभा....
आजबाट सुरु सिटिजन लाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज २०७९ साल्, चैत्र....
सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यको लागी आर्थिक सहयोग
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल ग्रामीण विकास....
सिटिजन लाइफको डायनामिक क्युआर पेमेन्ट सिस्टम आजबाट संचालनमा
सिटिजन लाइफ इन्स्योरेन्सले डायनामिक क्युआर पेमेन्ट....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम संचालन
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण....
सिटिजन लाइफको साधारण सभा सम्पन्न, प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ....
सिटिजन लाइफद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा....
सिटिजन लाइफको सप्ताह व्यापी कार्यक्रम सम्पन्न, १०७३ पिन्ट रगत संकलन, अन्य गतिविधी यस प्रकार
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौँ....