Media Detail 17 Mar 24

सिटिजन लाइफको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स” सम्पन्न ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिनको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स २०२४” कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पोखरा स्थीत, रुपाकोट रिसोर्टमा भब्यताकासाथ सम्पन्न गरिएको थियो ।

लेभल अप कार्यक्रमको मुख्य उद्देश्य यस कम्पनीमा आवद्ध  रही कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखहरुलाई सम्मान गर्नुका साथै आउदो समयका लागि आवश्यक व्यापर रणनीतिहरु बारे छलफल गर्नु थियो ।

कार्यक्रममा कम्पनीका  प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल ज्यू , प्रमुख बजार व्यवस्थापन अधिकृत श्री भुषण रिमाल ज्यू साथै कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम र शाखा प्रमुखहरु गरी ६० जना को सहभागिता रहेको थियो । कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम  ले अझै मिहेनत र लगनका साथ काम गर्न उपस्थित सम्पूर्ण शाखा प्रमुखहरुलाइ प्रेरित गर्नु भयो ।

यस्तो किसिमको कार्यक्रमले कर्मचारीहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्र्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । कर्मचारीहरुलाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने देखिन्छ ।

28 Jan 24

सिटिजन लाइफको सातौँ वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातौँ वार्षिक....

03 Jan 24

जाजरकोट भुकम्प पीडितलाई सिटिजन लाइफद्धारा राहत बितरण

जाजरकोट जिल्ला बारकोट गाउँपालिकाको रामिडाडालाई....

05 Sep 23

सिटिजन लाइफको “सिटिजन हिरोज कनक्लेभ” को तेश्रो संस्करण सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिने “सिटिजन....

05 Aug 23

सिटिजन लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो “सिटिजन गान”

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले "सिटिजन गान"....