Media Detail 12 Aug 20

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रु. ७५ करोड बराबरको रु.१००/- दरका ७५,००,००० (पचहत्तर लाख) कित्ताको जम्मा रु.७५,००,००,०००/-(अक्षेरुपी पचहत्तर करोड रूपैयाँ मात्र) को शेयर सार्वजनिक निष्काशनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक (Issue Manager) नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता–पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री मेख बहादुर थापाले हस्ताक्षर गर्नुभयो ।

अधिकृत पूंजी रु. ३०० करोड रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट रु १७५ करोड चुक्ता भईसकेको र सर्वसाधारणका लागि छुट्टाईएको रकम रु ७५ करोड निकट भविष्यमा सर्वसाधारणलाई शेयर जारी गरी कम्पनीको चुक्ता पूंजी रु. २५० करोड पुग्ने जनाएको छ ।

यसरी प्राथमिक शेयर निष्काशन गर्ने तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको यस आ.व. २०७६/०७७ को चौथोे त्रैमासिक (आषाढ मसान्त) को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै सो मा १६४% ले र कुल बीमा शुल्क आर्जनमा ६९% प्रतिशतले वृद्धि गर्न सफल भएको छ । जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७% ले वृद्धि गरी ४९ करोड ६१ लाख र लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धि गरी रु. ३३ करोड ८३ लाख पु-याउन सफल भएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम मध्ये करिब ९१% रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्र्दैै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

09 Aug 20

सिटिजन लाइफको जीवन बीमा कोषमा १६४% बृद्धि

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....