CSR

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग ।
सामाजिक उत्तरदायित्व अन्तर्गत, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालको कर्णाली प्रदेश स्थीत बादी समुदायका करिब १३० जना अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको ‘बादी सरोकार मञ्च नेपाल’ लाई महिना दिन भन्दा बढी समयसम्म पर्याप्त हुने खाद्यान्न सामग्री सहयोग प्रदान गरेको छ । यस सहयोग कार्यक्रम अन्तर्गत कम्पनीले चामल, दाल, तेल लगायत अत्यावश्यक उपभोग्य वस्तुहरू उपलब्ध गराएको छ, जसले संस्थामा आश्रित बालबालिकाहरूको पोषणमा प्रत्यक्ष सहयोग पु-याउने अपेक्षा गरिएको छ ।
बादी समुदाय नेपालको सबैभन्दा सीमान्तकृत र ऐतिहासिक रूपमा उत्पीडित तथा अहिले पनि सामाजिक–आर्थिक रूपले कमजोर समुदायहरू मध्ये एक हो । हिक्मत बादीद्वारा सञ्चालनमा ल्याइएको बादी सरोकार मञ्च नेपालले उक्त समुदायका महिला, बालबालिका तथा परिवारहरूलाई शिक्षा, आश्रय, स्वास्थ्य र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले गैर–नाफामूलक सामाजिक संस्थाको रूपमा कार्य गर्दै आएको छ । हाल संस्था मार्फत १३० भन्दा बढी बालबालिकालाई सुरक्षित आवास, पोषण तथा शिक्षाको सुविधा प्रदान गरिँदै आएको छ । आफ्नो संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत श्री भुषण रिमाल ज्यू साथै प्रमुख व्यवसाय अधिकृत श्री धोज बहादुर खड्का ज्यू साथमा कार्यालयका अन्य अधिकारीहरूद्वारा बादी सरोकार मञ्च नेपालका संचालक श्री हिक्मत बादी ज्यू लाइ खाद्यान्न सामग्री हस्तांतरण गरिएको थियो । सिटिजन लाइफको यस सहयोगले बादी सरोकार मञ्च नेपाललाई सञ्चालन गर्न केहि मद्दत हुने अपेक्षा गरिएको छ ।
काठमाडौं बाल अस्पतालको निर्माणका लागि सिटिजन लाइफ इन्स्योरेन्सद्वारा रु. ५ लाख सहयोग ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं बाल....
रोशीका ४४७ विद्यार्थीहरुलाई सिटिजन लाइफद्वारा न्यानो लुगा वितरण
श्रावण १२ गते देशका विभिन्न भागमा परेको अविरल वर्षाको....
सप्ताह व्यापी कार्यक्रमहरु सञ्चालन गरेर सातौं वार्षिकोत्सव मनाउदै सिटिजन लाइफ
जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पु-याई....
कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफद्वारा रु.४ लाख सहयोग
बिगत समयमा विज्ञान र प्रविधिको क्षेत्रले अविश्वासनीय....
सिटिजन लाइफ इन्स्योरेन्स द्वारा श्री गार्गी कन्या गुरुकुललाई रु. ३ लाख सहयोग
उचित शिक्षा एवं रहन सहन को वातावरण बनाइ विदुषी नारी तयार....
जाजरकोट भुकम्प पीडितलाई सिटिजन लाइफद्धारा राहत बितरण
जाजरकोट जिल्ला बारकोट गाउँपालिकाको रामिडाडालाई....
Financial Support to Kathmandu Children’s Hospital
Citizen Life Insurance Company proudly announces its philanthropic endeavor in support of the Kathmandu Institute of Child Health's noble project;....
छैटौँ वार्षिकोत्सवमा सिटिजन लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई रु ५ लाख सहयोग
यस सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैटौँ....
सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यको लागी आर्थिक सहयोग
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल ग्रामीण विकास....
सिटिजन लाइफको सप्ताह व्यापी कार्यक्रम सम्पन्न, १०७३ पिन्ट रगत संकलन, अन्य गतिविधी यस प्रकार
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौँ....
सिटिजन लाइफको निशुल्क स्वास्थ शिविरमा ५०० जनाले गरे स्वास्थ परिक्षण
बुद्धभुमी ९ इमिलियामा संचालित १ दिने निशुल्क स्वास्थ....
दोश्रो बार्षिकउत्सवमा सिटिजन लाइफद्धारा रक्तदान कार्यक्रम
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो दोश्रो....