Media Detail

कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफद्वारा रु.४ लाख सहयोग

बिगत समयमा विज्ञान र प्रविधिको क्षेत्रले अविश्वासनीय विकास गरे संगै, मानवीय जीवनलाई निकै सकारात्मक प्रभाव पारेको छ । यस विकासलाई आधार बनाएर कयौं मनिस र संस्थाहरुले समाजको हितका लागि कदम बडाएर आफ्नो लक्ष्यलाई पुरा गर्न सफल पनि भएका छन् र त्यस कार्यको एक उत्कृष्ट उदाहरण रहेको छ, ई-नेबल नेपाल (e-Nable Nepal) । सन २०१८ सालमा स्थापना भएको यस संस्था, बिगत ६ बर्ष देखी 3D प्रिन्ट मेसिनको प्रयोग गरी कार्यात्मक कृत्रिम हात (Prosthetic Hand) को उत्पादन गरि समाजमा रहेका आर्थिक रुपमा कम्जोर अपाङ्गता भएका बालबालिकाहारुलाई निःशुल्क रुपमा वितरण गर्दै आइरहेको छ । जन्मजात अपाङ्गता भएका लगायत विभिन्न कारणले आफ्नो हात/ अंग गुमाएका बालबालिकहारुलाई सहयोग गर्ने मुल नाराका साथ आघी बडेको यस गैर सरकारी, गैर नाफा मुलक संस्था अहिलेको समयमा लग्भाग १०० वटा भन्दा बडि देशहरूमा कार्यरत छ भने आहिले सम्म नेपालमै कयौं बालबालिकहरु माझ सहयोग पु-याउन सफल भएको छ ।
अपाङ्गताका कारण कुनैपनी बालबालिकले समाजबाट भेदभाव भोग्नु नपरोस र एक सामान्य व्यक्ति सरि विभिन्न काम गर्न सक्षम भई समाजमा सम्मान रुपमा स्थापित गराउने इ-नेबल नेपालको यस पवित्र उद्देश्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पनि संगसगै उभिएको छ र साथ दिनु हुन सम्पुर्ण शुभचिन्तकहरुमा आह्वान गर्दछ ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल ज्यू साथै प्रमुख बजार व्यवस्थापन अधिकृत श्री भुषण रिमाल ज्यू द्वारा इ-नेबल नेपालका अधक्ष्य श्री सुरेन्द्र श्रेष्ठ ज्यू र महासचिब श्री दिनेश राज भण्डारी ज्यू लाई २०८१ साल, जेष्ठ ९, बुधवारको दिन कम्पनीको प्रधान कार्यालयमा रु. ४ लाखको चेक हस्तान्तरण गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको यस सहयोगले इ-नेबल नेपाललाई आउदो समयमा समाजमा रहेका बालबालिकाहरुलाई सहयोग गर्न र सकारात्मक परिवर्तन ल्याउनमा केहि मद्दत हुने आपेक्षा रखेको छ ।

14 May 24

Vacancy

Click Here to....