Media Detail

छैटौँ वार्षिकोत्सवमा सिटिजन लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई रु ५ लाख सहयोग

यस सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैटौँ वार्षिकोत्सवको अवसरमा कम्पनीको प्रधान कार्यलयमा कम्पनीका अध्यक्ष श्री प्रदीप जङ्ग पाण्डे ज्यू साथै संचालक समिति, व्यवस्थापन समिति, भौतिक एवम डिजिटल माध्यमबाट जोडिनु भएका सम्पूर्ण कर्मचारीहरुको समुपस्थितीमा साधारण कार्यक्रम आयोजना गरिएको थियो ।

कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष पनि कम्पनीका सम्पूर्ण शाखा कार्यालयहरुले विभिन्न स्थानमा बीमा साक्षरता कार्यक्रम, प्रभात फेरी कार्यक्रम, रक्तदान कार्यक्रम, सामाजिक रुपमा पिछडिएका समुदायहरुका लागि शिपमुलक तालिम, शैक्षिक सामाग्रीको अभाव भइ शिक्षाबाट वन्चित विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण तथा अनुदान, दृष्टिबाट वन्चित केहि व्यक्तिहरुलाई सेतो छडि वितरण लगायतका विभिन्न कार्यक्रमहरु गरी मनाएको छ ।

सबैका लागि शिक्षा, कम शुल्कमा गुणस्तरीय शिक्षा भन्ने मुल नाराका साथ ७७ वटै जिल्लामा करीब ४०,००० विद्यार्थी सहित (मात्र रु १०० प्रती विद्यार्थी प्रती महिना) ८३ वटा समता विद्यालय संचालन गरीरहेको छ । २३ वर्षको शैक्षिक ईतिहास बोकेको समता एजुकेसन फाउन्डेसनले हालसम्म आर्थिक अवस्था कमजोर भएका १२ हजार जति बालबालिकालाई लाभान्वित गराउन सफल भएको छ भने १७०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।
कक्षा नर्सरी देखी स्नातकोत्तर डिग्री सम्म एकै विद्यालयमा पठन पाठन हुने समताको आउने दिनमा गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई सबैभन्दा न्यूनतम लागतमा विज्ञान विषय, नर्सिङ्ग विषय लगायत अरु थुप्रै मेडिकल विषय सम्बन्धि शिक्षा प्रदान गर्ने योजना रहेको छ ।
यो पवित्र उद्देश्यका साथ अघी बढेको समता एजुकेसन फाउन्डेसनको थप हौसला बढाउन, सिटिजन लाइफ इन्स्योरेन्स पनि सङ्गसङ्गै उभीएको छ । कम्पनीले आज कम्पनीका अध्यक्ष श्री प्रदीप जङ्ग पाण्डे ज्यू, संचालक समितिका तीन सदश्य साथै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत श्री दशरथ मणी खड्का ज्यू द्वारा समता एजुकेसन फाउन्डेसनका निर्देशक श्री दीपक सन्जेलज्यू लाई रु. ५ लाखको चेक हस्तान्तरण गरेको छ । सिटिजन लाइफको यस सहयोगले समतालाई छात्रवृती अक्षय कोष स्थापना गरी विद्यालय सन्चालन गर्न केहि मद्दत हुने अपेक्षा राखेको छ ।
कम्पनीको वार्षिक उत्सवको अवसरमा आयोजित सम्पूर्ण कार्यक्रमहरु सफल बनाउन साथै कम्पनीको दिर्घकालिन प्रगतिको लागी सम्पुर्ण नेपालीहरुको माया, साथ र विश्वासको अपेक्षा राखेको छ।