Media Detail 24 Feb 23

सिटिजन लाइफको डायनामिक क्युआर पेमेन्ट सिस्टम आजबाट संचालनमा

सिटिजन लाइफ इन्स्योरेन्सले डायनामिक क्युआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । काठमाडौंको बबरमहल स्थीत कार्की ब्यान्कोएटमा कम्पनीको एक कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ता एवम कर्मचारीको भव्य उपस्थितीमा कम्पनीका एक बीमितद्वारा बीमाशूल्कको प्रत्यक्ष भुक्तानी (लाइभ पेमेन्ट) गरी यस सेवाको समुद्घाटन गरिएको छ । कम्पनीले आफ्ना ग्राहकवर्गहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै ई–सेवा सँगको सहकार्यमा यस सिस्टम संचालनमा ल्याएको हो ।

डायनामिक क्युआर पेमेन्ट सिस्टम सेवाले हरेक कारोबारको लागि फरक फरक क्युआर सिर्जना गर्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने कम्पनीले जनाएको छ । यस प्रकारको सिस्टमले सम्पत्ती सुद्धिकरणमा समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

अब सिटिजन लाइफ इन्स्योरेन्सको देशै भरिका १४० शाखा तथा उपशाखा कार्यालयहरुबाट डायनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिनेछ । सिटिजन लाइफको “डिजिटल सिटिजन” अभियान अन्तर्गत आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको छ र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्न यस कम्पनी प्रतिवद्ध छ।

22 Feb 23

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम संचालन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण....

Information

Right to....