Media Detail 29 Jan 23

सिटिजन लाइफको साधारण सभा सम्पन्न, प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको प्रमुख अध्यक्षतामा छांयादेवी कम्प्लेक्समा रहेको होटल अलफ्टमा सम्पन्न भएको छ ।

सभाले सर्वसाधारणलाई प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ जारी) गर्ने प्र्र्रस्ताव पारित गरेको छ ।

त्यस्तै सभाले अध्यक्षज्युको मन्तव्य सहित सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनूसुचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम  कम्पनी रजिष्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८र०७९ को लागि कम्पनीको लेखापरीक्षकमा  जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्टस् (वर्तमान लेखापरीक्षक) लाई गरिएको नियूक्ती अनूमोदन गरेको छ ।

त्यस्तै, सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव ज. व. राणाको नियुक्ति अनुमोदन गरेको छ । साथै, स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको नियुक्ति समेत अनुमोदन भएको छ ।

08 Jan 23
05 Jan 23

सिटिजन लाइफद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा....