Media Detail 31 Mar 21

सिटिजन लाइफद्वारा ३ वर्ष देखी संचालित “विद्यार्थीसँग बीमा” निकै लोकप्रिय

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना काल देखि नै जीवन बीमा व्यवसायलाई विस्तृत रुपमा हरेक नेपालीको पहुंचमा पु-याइ बीमाको सचेतना वढाउने उद्देश्यले विभिन्न विद्यालय तथा कलेज हरुमा “विद्यार्थीसँग बीमा” कार्यक्रम गर्दै आइरहेको छ । कम्पनीका ब्रान्ड एम्बेस्डर श्री मदन कृष्ण श्रेष्ठद्वारा उद्घाटन गरिएको सो कार्यक्रम सर्वसाधारणका लागी निकै नै सचेतना मुलक र लाभ्दायी देखिएको छ । यस कार्यक्रमले गाउँ–गाउँमा बीमा प्रति जनचेतना जगाउँन निकै मद्दत पुगेको कम्पनीले जनाएको छ ।
जीवन बीमाको दायरा फराकिलो बनाउने उद्देश्यका साथ अघि बढ्दै कम्पनीले पहिलो वर्ष ३० वटा विद्यालय र कलेज गरी करिब ५४०० विद्यार्थी, दोश्रो वर्ष ८७ वटा विद्यालय र कलेज गरी १९ हजार गर्दै अहिले तेस्रो वर्षमा आइपुग्दा करिब ४० वटा विद्यालय र कलेज गरी ७ हजार २ सय भन्दा बढी विद्यार्र्थीलाई बीमा सम्बन्धी ज्ञान जस्तै बीमा के हो, बीमा किन जरुरी छ, यसबाट के कस्ता फाइदा लिन सकिन्छ र यस्का अन्य सम्बन्धित सुरक्षा योजनाहरुको बारेमा सचेत गराउन सफल भएको छ । कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने विद्यालय तथा कलेजहरुमा सो कार्यक्रम आयोजना गर्दै आइरहेका छन् ।
समाजमा छरिएर रहेको स–सानो बचतलाई बीमाशुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका विभिन्न परियोजना निर्माण गर्न आवश्यक पूंजी जुटाउन जीवन बीमाले महत्वपूर्ण योग्दान पु-याउनुका साथै देशको राजस्व संकलन र आर्थिक उन्नतिमा समेत मद्दत पु-याएको छ । जीवन बीमा मात्र एक त्यस्तो भरपर्दो साधन हो जसले फजुल खर्च गर्नबाट बचाउँछ । साथै विभिन्न अनिश्चितताले भरिएको मानव जीवनमा जीवन बीमाले जोखिम हस्तान्तरण गराउने र क्षतीपूर्तिका माध्यम बाट जोखिम व्यवस्थापन गर्ने कार्य समेत गर्दछ ।
विद्यार्थीहरु सचेत हुँदा उनिहरुले आफ्नो घरमा रहेका सम्पूर्ण परिवारका सदस्यलाई जीवन बीमाको महत्व बारे बुझाउन सक्नेछन र बेला छँदै जीवन बीमा गरे बीमाशुल्क पनि कम हुने र सोही कम शुल्कले नै ठुलो जोखिम न्युनिकरण हुने हुनाले कम्पनीले विद्यार्थीहरुलाई पहिले सचेत गराउनु उचित ठानेको जनाएको छ ।
साथै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।