Media Detail 15 Feb 21

सिटिजन लाइफ इन्स्योरेन्सको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ०२ फाल्गुण, २०७७
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आम्रपाली ब्याङ्कवेट, नक्साल, काठमाडौंमा २०७७, फाल्गुण २ गते, आइतबार आफ्नो तेश्रा वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभामा सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल हुनुका साथै विभिन्न प्रस्तावहरु पारित भएका छन् ।
पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको छ । त्यसै गरी उक्त सभा मार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण कार्यको लागि पुनः वर्तमान लेखापरीक्षक श्री देवकी बिजय एण्ड कं., चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिएको छ । साथै यसै सभाबाट सर्वसाधारणहरुको लागि शेयर सार्वजनिक निष्काशन गर्ने निर्णय समेत पारित गरेको छ ।

Mr. Mahesh Neupane

Email: info@citizenlifenepal.com Phone:....

07 Feb 21

सिटिजन लाइफले जीवन बीमा कोषमा १३०% ले वृद्धि गर्दै फेरी पनि व्यवसायमा छलाङ

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....