Media Detail 19 Jun 20

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “डिजिटल सिटिजन” सेवा शुभारम्भ

काठमाडौंः ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यहाँहरुको व्यस्ततालाई ध्यानमा राख्दै र अहिले देशभर कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थीतिले गर्दा आफ्नो र आफ्नो परिवारको सुरक्षालाई पहिलो प्राथमिकतामा राखी आवश्यक सुरक्षा कदम चाल्नुपर्ने हालको परिस्थिती र समयको आवश्यकता अनुरूप “डिजिटल सिटिजन” सेवाको उद्घाटन गरेको छ ।

कम्पनीले ZOOM एप मार्फत देशभरी रहेका कर्मचारी र सम्पूर्ण अभिकर्ताहरुको माझ यस सेवाको Logo लाई स्क्रीनमा देखाएर सबैले ताली बजाइ संयुक्त रूपमा डिजिटल सिटिजन सेवालाई नेपाल मै पहिलो पटक यसरि डिजिटल माध्यमबाट शुभारम्भ गरेको जनएको छ ।

सिटिजन लाईफको यस virtual कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसेडर द्वय श्री मदन कृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्य कासाथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेलले संयुक्त रूपमा डिजिटल सिटिजन सेवा शुभारम्भ भएको घोषणा गर्नु भएको थियो । उद्घाटनको साथै हरिवंश आचार्य ज्यूले परिवार अनि राष्ट्रको सुरक्षा र विकाशमा जीवन बीमाको भूमिका र साथ साथै मदन कृष्ण श्रेष्ठ ज्यूले आफ्नो जीवनको अनुभव आदन प्रदान गर्दै अभिकर्ताहरुमा काम गर्ने उर्जा र प्रेरणा दिनुभयो ।

सिटिजन लाइफ इन्स्योरेन्सले “डिजिटल सिटिजन” अभियान सँगै अब online मार्फत बिमालेख प्रस्ताव दाखिला गर्ने software प्रणाली सञ्चालनमा ल्याएको छ । यस सुविधा अन्तरगत अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिन सक्नुहुनेछ । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमवाट संचालन गर्न शुरु गरिसकेको छ। ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्म आउनु पर्ने अवस्थालाई सहज बनाउन र समयको बचत हुनुको साथै ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने कम्पनीको “डिजिटल सिटिजन” अभियान अन्तरगत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेलले जानकारी गराउनु भयो ।

साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागी e-Sewa, Fonepay, Connect IPS लगायतका डिजिटल बैङ्किङ्ग सुविधा उपलव्ध गराएको छ भने ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।

08 Jun 20

अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिनुहोस

काठमाडौंः ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन....

02 Jun 20

सिटिजन लाइफका बीमितहरुले आफ्नो विवरण आफै हेर्न मिल्ने

काठमाडौं। ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन....

01 Jun 20

लकडाउनमा पनि सिटिजन लाइफ इन्स्योरेन्सले हस्तान्तरण गर्यो मृत्यु दावी भुक्तानी

महेन्द्रनगर । लकडाउनको समयमा सिटिजन लाइफ इन्स्योरेन्स....