Media Detail 12 May 20

सिटिजन लाइफको जीवन बीमा कोषमा २१२% बृद्धि

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७६/०७७ को तेश्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा २१२% ले वृद्धि गरेको छ । गत चैत्र मसान्तमा कम्पनीको जीवन बीमा कोष रु. ४० करोड ४७ लाख रहेकोमा यस चैत्र मसान्तमा सो रकम १ अर्व २६ करोड ४५ लाख पुगेको छ । यसका साथै सोही अवधिमा कम्पनीको खुद बीमा शुल्कमा पनि ७९% को वृद्धि भएको छ । कम्पनीले गत आ. व. को चैत्र मसान्तसम्ममा खुद बीमाशुल्क रु. ६५ करोड ५ लाख संकलन गरेकोमा यस आ. व. को सोही अवधिमा रु. १ अर्व १६ करोड ३५ लाख खुद बीमाशुल्क संकलन गर्न सफल भएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानीलाई प्राथमिकता दिई कुल लगानी रकम करिब रु ३ अर्व ६० करोड मध्ये ९६% रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको लामो अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ । साथै कम्पनीले अहिलेको विषम परिस्थितिमा आफ्ना लिडरहरुको व्यवसायिक मनोवल उच्च गराउन सम्पूर्ण कर्मचारी तथा कम्पनीले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरुलाई रु. १ लाखको कोरोना भाइरस, कोभिड–१९ बीमा सुविधा उपलब्ध गराउनुका साथै बीमितहरुको सुविधालाई मध्यनजर गरी e Sewa, Fone pay, Connect IPS लगायतका डिजिटल माध्यमबाट बीमाशुल्क भुक्तानी गर्न सकिने व्यवस्था समेत गरेको छ ।