Media Detail

सिटिजन लाइफ इन्स्योरेन्स द्वारा श्री गार्गी कन्या गुरुकुललाई रु. ३ लाख सहयोग

उचित शिक्षा एवं रहन सहन को वातावरण बनाइ विदुषी नारी तयार गरी आत्मानिर्भर एवंम स्वाबलम्बी बनाउने उधेश्यले श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठान द्वारा बिगत २०६८ साल देखी स्थापना भइ चितवन जिल्लाको देवघाटमा  गार्गी कन्या गुरुकुल सन्चालन हुँदै आएको छ । यो गुरुकुल नेपालकै पहिलो समावेशी गुरुकुल हो जहाँ नेपालको बिभिन्न ठाउँ देखी हरेक समुहका महिला छात्राहरुलाई बिना कुनै भेदभाव कक्षा ६ देखी १२ सम्म नेपाल सरकार को सरकारी पाठ्यक्रम अनुसार अध्यापन गराइन्छ साथै संस्कृत विषय को पनि अध्यापन गराइन्छ र निशुल्क भोजन्, आवासको पनि व्यवस्था रहेको छ ।

गरिवि, जात जस्ता विभिन्न कारणले समाजबाट उत्पिडन खेप्नु परेका सोही बालिकाहरुलाई समाजमा शिक्षित एवंम सम्मान रुपमा स्थापित गराउने श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानको पवित्र उधेश्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पनि सङ्गसङ्गै उभीएको छ ।

आफ्नो संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका  प्रमुख बजार व्यवस्थापन अधिकृत श्री भुषण रिमाल ज्यू साथै क्र्पोरेट सेल्स हेड रिता पाठक ज्यू द्वारा  श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठान का उपाध्यक्ष डा. मन काफ्ले ज्यू साथै सल्लाहकार श्री भागवती कुमार काफ्ले ज्यू लाई रु. ३ लाखको चेक हस्तान्तरण गरिएको थियो । सिटिजन लाइफको यस सहयोगले श्री गार्गी कन्या गुरुकुललाई विद्यालय सन्चालन गर्न केहि मद्दत हुने अपेक्षा राखेको छ ।

जाजरकोट भुकम्प पीडितलाई सिटिजन लाइफद्धारा राहत बितरण

जाजरकोट जिल्ला बारकोट गाउँपालिकाको रामिडाडालाई....

Financial Support to Kathmandu Children’s Hospital

Citizen Life Insurance Company proudly announces its philanthropic endeavor in support of the Kathmandu Institute of Child Health's noble project;....

सिटिजन लाइफको निशुल्क स्वास्थ शिविरमा ५०० जनाले गरे स्वास्थ परिक्षण

बुद्धभुमी ९ इमिलियामा संचालित १ दिने निशुल्क स्वास्थ....

दोश्रो बार्षिकउत्सवमा सिटिजन लाइफद्धारा रक्तदान कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो दोश्रो....